खुला चौरमा बसेर पढ्न बाध्य जुम्लाका विद्यार्थी

जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थी उनीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे ।

विद्यालयमा दुई कोठे तीनवटा भवन छन् । भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् । विद्यार्थीहरूलाई बस्नको लागि कक्षा कोठा नभएर शैक्षिक सामाग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको प्राधानाध्यापक हरीबहादुर बुढा बताउँछन ।

उनका अनुसार विद्यार्थीको गुणस्तर र सिकाई उपलब्धिमा प्रत्यक्ष असर परेको छ । विद्यालयमा तीन देखि १२ वर्ष सम्मका विद्याथी आउने गरेका छन् ।कक्ष ५ मा अध्ययनरत निराजन बुढाले भने, ‘बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला चौरमा बस्छौँ ।’

४० घरपरिवारका विद्यार्थीले यहाँ अध्ययन गर्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाले विद्यालयको अवस्था हेरेर कतिपय अभिभावकले विद्यार्थीलाई निजी विद्यालयमा पढ्न पठाउने गरेको बताए । उनले अधिकांस अभिभावकको चासो निजी विद्यालय तिर गएकोले सरकारी विद्यालयको अवस्था निकै जीर्ण हुँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस