बाबुराम भट्टाराई काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने !

काठमाडौं :जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू मेयरमा उठ्न तयार रहेको बताएका छन् । उनले स्थानीय तहको प्रमुख भएर आफ्नो अनुभव र क्षमताको उपयोग गर्ने चाहना रहेको बताएका हुन् ।

‘मेरो एउटा रोमान्टिक सोच मात्रै होइन, कहिलेकाहीँ सोच्छु पनि । म ६८ वर्ष भइसकेँ । पटक-पटक सांसद हुनुको सट्टा बरु एक पटक स्थानीय तहमा त्यहाँ धेरै टाढा हिँडडुल गर्न पनि पर्दैन । त्यहाँ बसेर अनुभव, क्षमताको उपयोग गर्न पनि सकिन्छ, आवश्यक पर्‍यो भने’, उनले भने ।

उनले गोरखाको पालुङटार नगरपालिकामा आयोजित कार्यकर्ता भेलामा पनि आफूले स्थानीय तहका प्रमुखको महत्त्व बुझेर काम गर्न आग्रह गरेको बताए ।

‘अस्ति पनि साथीहरूलाई गोरखामा पालुङटार नगरपालिकाको कार्यकर्ताको भेलामा स कभर तपाईंहरू नै यसको महत्त्व बुझेर काम गर्नुहोस् । होइन त्यस्तो आवश्यक ठान्नुहुन्छ भने ‘म सांसद हुन्नँ, तपाईंहरू सांसदमा लड्नुहोस् म नगरपालिकामा लड्छु’ भनेको थिएँ’ उनले ।

उनले स्थानीय तहको निर्वाचनमा लड्नका लागि जहाँ मतदाता नामावली छ त्यहीँ लड्नुपर्ने उल्लेख गरे । यस्तो अवस्थामा आफू काठमाडौं महानगरपालिकाको मेयरमा लड्न नसक्ने उनको भनाइ छ ।

‘स्थानीय तहको निर्वाचन लड्न जहाँ मतदाता नामावली छ त्यहीँ लड्नुपर्ने हुन्छ । अन्त पाइँदैन, कतिपयले काठमाडौं महानगरपालिकामा लडिदिए हुन्थ्यो भन्नुहुन्छ, तर मेरो मतदाता नामावली पालुङटार नगरपालिकामा छ । मैले चाहेर पनि यसपटक म काठमाडौं महानगरपालिकामा उठ्न सक्दिनँ । मलाई त्यस्तो आवश्यकता भयो, जनताले चाहे भने अर्को चोटि मतदाता नामावली परिवर्तन गरेर म लड्न गर्न सक्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस