डाक्टर हुँ भन्दै उपचार गर्दा एक महिलाको मृत्यु, पछि पो खुल्यो यिनी त नक्कली डाक्टर रहेछन्

विशाल बस्नेत/ महोत्तरी :महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् ।

कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उपचारमा सग्लन हुँदा ज्या’न लिएको आरोप छ । चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दात उ’खेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध जाहेरी दिएका थिए । चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दात उखलेका पीडितको आरोप छ ।

दात उखेलिसकेपछि अ’त्य’धि’क र’क्तस्रा’व हुँद ा रानी सिंहलाई जनकपुर लगिएको थियो । प्रादेशिक अस्पताल जनकपुरमा अ’त्याधिक र’क्तस्रा’वकै कारण सिंहको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।

अनुसन्धानका लागि समेत प्रहरीले बुझ्न खोज्दा आरोपित महतो उपस्थित हुन नसकेपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । फरार सूचीमा रहेका महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस