पातलो कम्मर चाहिएको छ ? यी १० खानेकुराको सम्मिश्रणले तीब्र रुपमा घट्छ बोसो

तौल घटाउनका लागि मानिस घण्टौँ जिममा पसिना बगाउँछन् । सप्लिमेन्ट्स र फ्याट बर्नरजस्ता चिजमा पैसा बर्बाद गर्छन् । यसका भयंकर साइड इफेक्ट्स पनि हुनसक्छन् । जबकी न्यूट्रिशनिस्टले पछिल्लो समय तीब्र रुपमा तौल घटाउने प्राकृतिक तरिकाबारे जानकारी दिन्छन् ।

विशेषज्ञले यस्तै प्राकृतिक चिजबारे कुरा गरेका छन् जसको सम्मिश्रणले तौल घटाउन असाध्यै सघाउने गर्छ । जसलाई पेट बढ्यो भनेर चिन्ता छ, उनीहरुका लागि पनि यो असाध्यै फाइदाजनक छ ।ओटमिल र ओखरको सम्मिश्रणले शरीरलाई सन्तुलित पौष्टिक तत्व प्रदान गर्छ । ओटमिल एकातिर फाइबरको राम्रो स्रोत हो भने यस्तै ओखरमा फाइबरका साथै फ्याट र प्रोटिनको राम्रो स्रोत हुन्छ । तौल नियन्त्रणका लागि यो निकै राम्रो सम्मिश्रण मानिन्छ ।

पिनट बटर र केलाः

पिनट बटर सँथै केला खाँदा हाम्रो शरीरले असाध्यै धेरै पोषक तत्व पाउँछ । यो गुड कार्ब्स, हेल्दी फ्याट र प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ । जसलाई तीब्र रुपमा तौल कम गर्न मन लागेको छ, उनीहरुले यो सम्मिश्रणलाई अपनाउनुपर्छ ।

दही र बेरिजः

शोधमा यो प्रमाणित भइसकेको छ कि दहीले तौल घटाउन निकै सहयोग गर्छ किनभने यसमा क्याल्सियम, भिटामिन डी, प्रोटिन र अमिनो एसिडको सम्मिश्रण पाइन्छ । पानीको मात्रा अत्यधिक भएको बेरिजसँग दहीको सेवन गर्दा तौल घटाउने गतिलाई बढाउन सकिन्छ ।

अण्डा र क्याप्सिकमः

प्रोटिनको राजा भनिने अण्डाले हाम्रो मेटाबोलिजमलाई बुस्ट गर्ने काम गर्छ । भिटामिन सीयुक्त क्याप्सिकमसँग अण्डा खाँखा हाम्रो भोक लामो समयसम्म शान्त रहन्छ भने शरीरमा जमेको बोसो पनि तीब्र रुपमा कम हुने गर्छ ।

दाल भातः

दाल प्रोटिनको निकै राम्रो स्रोत हो । जबकी भातमा हुने कार्ब्सले हाम्रो शरीरलाई भरपुर ऊर्जावान् राख्छ । तौल घटाउन चाहनेहरुका लागि यी दुईको सम्मिश्रण निकै राम्रो मानिन्छ ।

एभोकाडो र पत्तेदार सब्जीः

पत्तेदार सागसब्जी भिटामिन र मिनरलको निकै राम्रो स्रोत मानिन्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ । यस्तै, अर्कोतर्फ एभोकाडोमा गुड फ्याट हुन्छ जसले लामो समयसम्म भोकलाई शान्त राख्न सक्छ । यसको सम्मिश्रणले तीब्र रुपमा तौल घटाउनुका साथै यो तपाईंको स्वास्थ्यका लागि पनि असाध्यै उत्कृष्ट हुन्छ ।

ब्रोकली र मासुः

मासु वा माछामार्फत् हाम्रो शरीरले भरपुर मात्रामा प्रोटिन मिल्छ जसले मांसपेशीलाई बलियो र रक्त कोशिका बनाउने काम गर्छ । जबकी ब्रोकलीमा भिटामिन सीसमेत विभिन्न प्रकारका पौष्टिक तत्व पाइन्छ जसले फ्याट बर्निङ प्रोसेसमा पनि ठूलो भूमिका निभाउँछ ।

ग्रीन टी र कागतीः

ग्रीन टी र क्याटेचिनयुक्त एक लो क्यालोरी ड्रिङ्क हो जसले निकै तीब्र गतिमा क्यालोरी र फ्याट घटाउने काम गर्छ । जबकी कागतीमा भएको भिटामिन सी र एन्टिअक्सिडेन्टले पाचन प्रक्रियालाई दुरुस्त राख्ने काम गर्छ । यी दुबै चिजको सम्मिश्रण तौल घटाउनका लागि निकै राम्रो मानिन्छ ।

साल्मन फिस र सखरखण्डः

ओमेगा–थ्री फ्याटी एसिडयुक्त साल्मन माछा पछिल्लो थुप्रै वर्षदेखि लोकप्रिय हुँदै आएको छ । न्यूट्रिशनिस्टका अनुसार यसलाई फाइबरयुक्त सखरखण्डसँग खाँदा यसले तीब्र रुपमा तौल कम गर्न सहयोग गर्छ ।

डार्क चकलेट र बदामः

डार्क चकलेटमा मोनोस्याचुरेटेड फ्याटी एसिड हुन्छ जसले मेटाबोलिजमलाई बुस्ट गर्नुका साथै क्यालोरी बर्न पनि गर्छ । यस्तै पोषक तत्वले भरपुर बदाम अनावश्यकको भोकलाई शान्त पार्ने काम गर्छ । यी दुई चिजको सम्मिश्रणले तीब्र रुपमा तौल घटाउन सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस