आफुभन्दा ३ बर्ष जेठी श्रीमती बिहे गरे ! चित्त नबुझेपछी गरे यस्ताे ……

काठमाडौंको बुढानिलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरिएको छ । घरासयी विवादमा बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन् । घरासयी विवाद हुँदा बिहीबार राति १०ः४० बजेतिर मासु काट्न प्रयोग हुने दाउले घाँटीको अगाडिको भागमा प्रहार गरेका थिए ।

दाउ प्रहारबाट गम्भीर घाइते लक्ष्मीलाई चुनिलेखस्थित करुणा अस्पताल लगिएको थियो । उपचारको क्रममा शुक्रबार राति ११ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि भक्तबहादुर फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।बुढानिलकण्ठ नगरपालिका-१३ स्थित चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

हत्या आरोपमा थापालाई प्रहरीले नियन्त्रणमा लिइसकेको मैनालीले बताए। गएराति पौने ११ बजे डेरा कोठामा उनीहरूबीच घरायसी विवाद भएको प्रहरीले जनाएको छ। त्यसक्रममा श्रीमानले मासु काट्ने दाउले घाँटीमा प्रहार गरेका थिए।

घटनाबारे प्रहरीलाई खबर भएपछि महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट टोली खटिएको थियो। टोलीले गम्भीर अवस्थामा रहेकी लक्ष्मीलाई बुढानिलकण्ठ-१३ चुनिखेलस्थित करूणा अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।घटनाको सम्बन्धमा थापामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुर अनुसन्धान अघि बढाएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस