पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध चाले यस्तो कदम

काठमाडौं,अभिनेता पल शाह पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत तनहुँको आदेशपछि शाह बिहीबार जेल चलान भएका हुन्। अर्का प्रतिवादी कृष्णराज जोशीलाई भने अदालतले एक लाख धरौटी छाड्ने आदेश गरेको छ। जोशी पलका म्यानेजर हुन्। उनलाई घटनाको मतियार मानिएको छ। उनी बिहीबारै हिरासतमुक्त भएका छन्।

१५ वर्षीया बालिकामाथि क’र’णी अभियोग लागेका शाहविरुद्ध बिहीबार जिल्ला अदालत तनहुँमा थुनछेक बहस भएको थियो। बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एक इजलासले उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ६७ को उपदफा १ को खण्ड ‘ख’ अनुसार पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो। आदेशपछि उनलाई बिहीबार नै तनहुँस्थित कारागार कार्यालय दमौली पठाइएको छ।

जिल्ला न्यायाधीश ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए। ‘पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का प्रतिवादी कृष्णप्रसाद जोशीलाई एक लाख रुपैयाँ धरौटी माग भएको थियो। जोशी बिहीबार नै धरौटी रकम राखेर तारिखमा छुटेर गएका छन्,’ उनले भने।

‘प्रतिवादीले ब्वाइफ्रेन्ड–गर्लफ्रेन्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्रै स्वीकार गर्ने कुरा आउँछ भनी छलफलको क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा निज प्रतिवादीले ब्यास–१२ लाई करणी गरेको तथ्यलाई थप पुस्ट्याइँ हुन आएको देखिन्छ,’ आदेशपत्रमा भनिएको छ। शाहले बालिकालाई तनहुँ दुलेगौँडास्थित प्रदीप थापाको घरमा गत १४ वैशाखमा ज’बर्ज’स्ती क’र’णी ग’रे’का थिए। म्युजिक भिडियो सुटिङपछि उनीहरू त्यो रात थापाको घरमा वास बसेका थिए । मदिराको नशामा रहेका शाह रातको ११:४५ बजे पीडित बालिकाको कोठामा प्रवेश गरेका थिए। मदिरासहित प्रवेश गरेका उनले बालिकालाई समेत पिउन भनेको अदालतको आदेशमा उल्लेख छ।

शाह उच्च अदालत जाने
केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए। पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग उनीहरुले उच्च अदालतमा गर्ने भएका छन्।

‘अब हामी थुनामा राख्ने गरी भएको आदेशको उपरमा माथिल्लो निकाय जान्छौँ। यहाँको मुद्दाको प्रक्रिया अगाडि बढ्दै जान्छ । प्रमाण बुझ्ने काम हुँदै जान्छ। पल शाहलाई थुनामा राख्ने गरेको जुन आदेश हो, त्यो बदर गरी पाउँ भनेर हामी उच्च अदालत पोखरा जान्छौँ,’ उनले भने, ‘मुद्दा फैसला नभएसम्म शाह थुनामै बस्नुपर्ने हुन्छ।’

पीडित बालिकाको तर्फबाट अधिवक्ता तनहुँ जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता विपीनराज तिवारी, अधिवक्ता राधिका खतिवडा, एकनारायण गौतम, शिवराज काफ्ले, किशोर सापकोटालगायतले बहस गरेका थिए। शाहको पक्षबाट भने लव मैनाली, कमलामोहन वाग्ले, यदुनाथ गौतमलगायतले बहस गरेका थिए।

शाहविरुद्ध नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको थियो। ११ फागुनमा पीडितका परिवारले शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएका थिए। शाह प्रहरी कार्यालयमा आफैँ उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि पलका समर्थकहरूले तनहुँ प्रहरी कार्यालयअगाडि केही दिन हुलहुज्जतसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस