विश्वको सबैभन्दा ठूलो भवनमा सना खानले पिइन् २४ क्यारेट सुनको प्लेटेड चिया

काठमाडौं, भारतीय अभिनेत्री सना खानले हालसालै आफ्नो श्रीमान्सँग दुबईमा अवस्थित बुर्ज खलिफामा २४ क्यारेट सुनको प्लेटेड चिया पिएकी छिन् ।अभिनयबाट टाँढा रहेकी खान सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । उनले यस चियालाई पिउँदै गर्दा केहि तस्वीरहरू सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् जुन अहिले भाइरल भैरहेको छ । सना खानको यो तस्बिर उनका पति अनस सैयदले खिचेकी हुन् । सनाले तस्विरको श्रेय श्रीमानलाई दिएकी छिन् ।

हालै उनले दुबईमा आफ्नो कपडाको ब्राण्ड पसल पनि खोलेकी छिन् । उनले पिएको चियाको मुल्य १६० दिरहम अर्थात ५ हजार ३ सय १५ रुपैयाँ परेको छ । चियाको मूल्य थाहा पाएर उनका फ्यानहरु छक्क परेका छन् । यस भवनमा पाइने खाना तथा चिया निकै महंगो रहेको छ । बुर्ज खलिफा विश्वको सबैभन्दा अग्लो र ठूलो भवन हो ।

सना खानले तस्वीर सेयर गर्दै क्याप्सन लेखेकी छिन् । ‘आफनो जिवनलाई खराब जिवन बिताउनेहरूसँग तुलना नगर्नुहोस्। यस संसारमा खराब जिवन जिउनेहरू धेरै सफल देखिन्छन् । तर, भगवानको अगाडी तिनीहरू छैनन् । यो कुरा महत्वपुर्ण छ’ ।

प्रतिक्रिया दिनुहोस