पल शाह कारागार लैजादै गर्दा यति धेरै भाबुक देखिएका थिए (भिडियो हेर्नुस)

काठमान्डौ– ना बा लि ग गायिकालाई ज र्ब ज स्ती क रणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न तनहु जिल्ला अदालतले आदेश दिएको छ ।तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।पलका म्यानेजर कृष्ण जोशीसँग भने अदालतले एक लाख धरौटी माग गरेको छ।जोशीले धरौटी पनि बुझाइसकेका छन्।

जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौजना कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको उनले जानकारी दिए । जाहेरवाला पक्षको बुधबार नै बहस सकिएको थियो । प्रतिवादीको तर्फबाट तीनजनाले बहस गरेका थिए ।

तेस्राे कानुन व्यवसायीको बहसबाट बिहीबार सुरु भएको हो ।बुधरदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यायलमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कै’द स’जाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्ष कम उमेर भएकाले

१२ देखि १४ वर्षसम्मको कै द सजायको र मनासिव क्षतिपुर्ती माग गर्दै मुद्दा दर्ता गरिएको छ ।पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको छ । मंगलबार पलको बयान लिइएकोमा बुधबार उनको म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिएर सकाएपछि थुनछेक बहस सुरु भएको थियो ।
भिडियो

प्रतिक्रिया दिनुहोस