आलिया भट्टको अचम्मका फ्यान भेटिए, ‘गंगुबाई काठियावाडी’ हेर्न यि पाकिस्तानी कलाकारले पूरा थिएटर बुक गरे?

आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ ले बक्स अफिसमा राम्रो कमाई गरेको छ । पर्दामा मुम्बईको माफिया क्वीनको भूमिका निभाएर आलियाले आफू बोर्न सुपरस्टार हो भनी प्रमाणित गरिन् । आलियाको अभिनयले मानिसलाई छोएको छ । एक पाकिस्तानी कलाकारले ‘गंगुबाई काठियावाडी’ हेर्नको लागि पूरै थिएटर बुक गरिदिएका छन् ।

आज हामी यहि बिषयमा जानकारी दिदैछौ । पाकिस्तानी अभिनेता मुनीब बटले आफ्नी श्रीमतीलाई आश्चर्यचकित गर्ने सोचे । तर उनको यो विशेष सरप्राइजले सबैलाई चकित बनाएको छ । वास्तवमा मुनीब बटकी बेगम र अभिनेत्री आइमान खान आलिया भट्टकी फ्यान हुन् र उनी उनको फिल्म थिएटरमा हेर्न निकै उत्साहित थिइन् ।

बेगमलाई खुसी पार्न मुनीब बटले पूरै सिनेमा हल बुक गरे । मुनीब बटबाट यस्तो अनौठो सरप्राइज पाएपछि श्रीमती खुसी भइन् । यसका साथै आलियाका फ्यानहरु पनि निकै खुसी देखिन्छन्। यसबाट ‘गंगुबाई काठियावाडी’को कथा र आलियाको अभिनयले मानिसमा गहिरो प्रभाव पारेको देखिन्छ । साथै, आलियाका फ्यानहरू भारतमा मात्रै नभई विश्वभर छन् ।

Okay पछिल्ला केही वर्षमा आलियाले आफ्नो दमदार अभिनयले फिल्ममा सबै किसिमको भूमिका निर्वाह गर्न सक्छिन् भन्ने प्रमाणित गरिसकेकी छिन् । जब उनले ‘राजी’ मा भारतीय जासुसको भूमिका निभाएकि थिईन् उनको अभिनयबाट सबै प्रभावित भएका थिए । त्यसपछि उनले जसरी ‘गंगुबाई काठियावाडी’ को भूमिका निभाइन्, पर्दामा आलिया नभई मुम्बईकी माफिया क्वीन मात्रै देखिइन् । यस विषयमा आलियाको अभिनयको पक्कै पनि प्रशंसा हुनेछ ।

प्रतिक्रिया दिनुहोस