बलुचिस्तानमा मान्छेहरुलाई जबर्जस्ती बेपत्ता पारिएको भन्दै इस्लामाबादमा विद्यार्थीहरूले प्रदर्शन जारी राखेका छन्

लाहोर, पाकिस्तान, मार्च 14 (एएनआई) बलुच विद्यार्थीहरूले लाहोर र इस्लामावादमा शनिबार बेपत्ताको विरोधमा धर्ना जारी राखेका छन्।
हराएका साथी विद्यार्थी हाफिज बलोच र अन्यको सुरक्षित पुनस् प्राप्तिको लागि विरोध प्रदर्शन गरिएको थियो, द बलुचिस्तान पोष्ट ९त्द्यए० ले रिपोर्ट गरेको छ ।

विरोध प्रदर्शन इस्लामाबादमा पनि भइरहेको छ। विवरण अनुसार इस्लामाबाद नेसनल प्रेस क्लब अगाडि बलुच स्टुडेन्ट्स काउन्सिल इस्लामावादको विरोध शिविर जारी रह्यो जसमा विभिन्न विद्यार्थी संगठन, पत्रकार र मानवअधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
राज्य बलद्वारा बेपत्ता र जबरजस्ती बेपत्ता विद्यार्थीहरूको अवस्था ज्ञात नभएको र इस्लामावादमा बलुच विद्यार्थीहरू विरुद्धको हिंसा र उनीहरूविरुद्ध प्रहरी एफआईआरको निन्दा प्रर्दशनकारीहरुले गरेका छन् ।

यसअघि इस्लामाबाद प्रहरीले मंगलबार बेपत्ता विद्यार्थीको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका बलूच विद्यार्थीहरूसँग झडप गरेको थियो।

विद्यार्थीहरूका अनुसार सादा लुगा लगाएका अधिकारीहरूले उनीहरूको मोबाइल फोन खोसे र विरोध शिविर भत्काइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस