आफ्ना चारै जना छाेरालाई नेपाली सेनामा प्रवेश गर्नको लागी अभिप्रेरित गर्ने आमा भूपू सैनिक सम्मेलनमा प्रमाणपत्र, नगदसहित सम्मानित..

आफ्ना चारै जना छाेरालाई नेपाली सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने आमालाई नेपाली सेनाले सम्मान गरेकाे छ ।हिजो बुधवार डाेटीकाे दिपायलमा भएकाे भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले बैतडीकाे दशरथचन्द नगरपालिका ३ बरकुराली बस्ने धनमाया नाथ याेगीलाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गर्नुभएकाे हाे । प्रधानसेनापति शर्माले धनमायाका श्रीमान् स्व. गणेश नाथप्रति पनि सम्मान व्यक्त गर्नुभयाे ।

धनमायाका छाेराहरू– नरेश नाथ, राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ नेपाली सेनामा कार्यरत हुनुहुन्छ ।

बुटवल-१३ को जितगढीमा स्कुटर र मोटरसाइकल जुध्दा एक युवाले ज्यान गएको छ । बुटवलबाट पश्चिम जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवल आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएपछि स्कुटर चालकको सडकमै बसले किचेर ज्यान गएको हाे ।

तिलोत्तमा कलेजको ना १ क ४१४६ नम्बरको बसले किच्दा गुल्मीको धुर्कोट घर भई हाल बुटवल १३ बेलबास बस्ने २३ बर्षिय मनोज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

स्कुटरका चालकलाई किचेर फरार भएको बसलाई नियन्त्रणमा लिइ सकिएको उनले बताए । अहिले साे कलेजको बस, चालक र मोटरसाइकलसहित चालक प्रहरी नियन्त्रणमा छन् ।थापाको शव पाेष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालयले जनाएको छ। सांकेतिक तस्बीर

प्रतिक्रिया दिनुहोस