जसले आफूमाथि एसिड प्रहार गर्यो उसै संग बिहे, वर्षौंसम्मको कानुनी लडाइँ खेर गयो भन्दै बुबा चिन्तित

काठमाडौं । प्रेम अन्धो हुन्छ कुरा सायद तपाईंले पनि सुन्नु भएको होला । प्रेम सम्बन्धलाई लिएर कहिलेकाहीँ विश्वास गर्न गाह्रो पर्ने घटनाहरु हुन्छन् । हालै, टर्कीमा २० वर्षीया ए’सि’ड पीडित युवतीले आफूमाथि ए’सि’ड प्र’हा’र गर्ने व्यक्तिसँग विवाह गरेकी छन् ।

यो विवाह सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । कतिपयले युवतीको आलोचना गरिरहेका छन्, भने कतिपयले यसलाई व्यक्तिगत निर्णय भन्दै समर्थन गरिरहेका छन् ।

ए’सि’ड सर्भाइभरको नाम बर्फिन ओजेक हो, जसमाथि २०१९ मा कासिम ओजान सेल्टी नामका केटाले ए’सि’ड फ्याँ’के’का थिए । आरोपितले लगातार माफी मागेपछि पीडितलाई दया लाग्यो र आरोपित युवकसँगै विवाह गरिन् ।

बर्फिन ओजेक र कासिम ओजान सेल्टी दुवै एकअर्काको प्रेममा थिए । तर जब बर्फिनले सम्बन्ध अन्त्य गर्ने कुरा गरिन्, कासिमले उनलाई ए’डि’स हा’ने’का हुन् ।

आरोपितले पीडितलाई ए’डि’स फ्याँक्नुअघि आफ्नो हुन नसके अब अरु कसैको हुन नसक्ने चेतावनी दिएका थिए । यो दुर्घटनापछि पीडित युवती होशमा आउन केही समय लाग्यो । उनले प्रहरीलाई आफ्नो प्रेमीबारे बताएकी थिइन् ।

त्यसपछि आरोपीलाई पक्राउ गरी अदालतले १३ वर्षको जेल सजाय सुनायो । जब कासिमले आफ्नो गल्ती महसुस गरे, उनले बर्फिनलाई धेरै सन्देशहरू पठाए ।

अन्तमा बर्फिनलाई पनि दया लाग्यो । केही समयपछि दुवैले एकअर्कालाई चिठी पठाएर कुरा गर्न थाले । कोरोना नियमका कारण कानूनमा केही परिमार्जन गरियो, जसकारण ती युवक छिट्टै जेलबाट छुटे ।

जेलबाट बाहिर आउनेबित्तिकै कासिमले बर्फिनलाई प्रस्ताव राखे र दुवैले विवाह गर्न पुगे । यो विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बर्फिनका बुबा यो बिहेबाट निकै आ’क्रो’शमा छन् । उनले यो बिहेबारे आफूलाई केही थाहा नभएको बताए । वर्षौंसम्म कानुनी ल’डा’इँ ल’ड्दा पनि सबै बर्बाद भएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस