अनलाइन लुडो खेल्दा खेल्दै बस्यो प्रेम, २ बर्षको छोरा र श्रीमान छोडेर प्रेमीसँग

काठमाडौं ।अहिलेको समयमा मोबाइलमा गेम खेल्नेले युवाको मनलाई धेरै असर गर्छ । यतिसम्म कि अनलाइन मित्रता हुँदा हरेक सीमा तोडेर भेट्न आतुर हुन्छन् । यस्तै एउटा घटना भारत, अमृतसरमा देखा परेको छ ।

धबार बिहान अमृतसरको जलियावाला बाग नजिकै एउटी महिलाले कसैलाई अटारी जाने गाडीको बारेमा सोधिन् । त्यहाँ उभिरहेका सुरक्षा अधिकारी नरिन्दर सिंहलाई केही शंका लागेपछि उनले महिलासँग प्रश्न गरे । ती महिलाले आफू पाकिस्तानमा रहेका आफ्ना साथीलाई भेट्न चाहेको बताइन् । राजस्थानको ढोलपुर निवासी शिवानीले मोनुसँग आफ्नो विवाह भएको बताइन् । उनको दुई वर्षको बच्चा छ ।

६ महिनाअघि मोबाइलमा लुडो खेल्दै गर्दा पाकिस्तानका अली नामका युवकसँग उनको मित्रता भयो । अलीले उनलाई आफूसँग बोलाए र राजस्थानबाट अमृतसर पुग्न भनेका रहेछन् ।

टेम्पो वा अन्य कुनै गाडीले उनलाई अमृतसरको जलियावाला बाग नजिकबाट अटारी लैजान्छ । त्यसपछी केटाले एक साथीलाई ल्याउन पठाउने तयारी गरिरहेका थिए ।

शिवानीले त्यसपछि श्रीमान् र बच्चालाई छोडेर केटा साथीलाई भेट्न पाकिस्तान गएर बुधबार बिहान अमृतसर पुगेकी थिइन् । सोधपुछका क्रममा अली र शिवानीले एकअर्कासँग अनलाइन च्याट गर्ने गरेका थिए ।

अलीसँग ह्वाट्सएपमा धेरै पटक कुरा गरेको पनि उने स्विकार गरेकी छिन् । उनलाई यति मात्र थाहा छ कि अली पाकिस्तानमा बस्छन् । त्योभन्दा बढी उनलाई अलीको बारेमा केही थाहा छैन ।

एसीपी पूर्व मनजीत सिंहका अनुसार शिवानीका परिवारका सदस्यहरूलाई यस बारेमा जानकारी गराइएको छ । उनीहरु राजस्थानबाट अमृतसर प्रस्थान गरेका छन् । उनीहरु राति अबेरसम्म अमृतसर पुग्ने सम्भावना छ । शिवानीलाई परिवारको जिम्मा लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस