गाउँले मिलेर हाते औजारले ७ किलोमिट पुरा चट्टान फोरेर बनाए सडक, त्यसपछि भयो चमत्कार

काठमाडौ, क्लिफ रोड गुइझाउ गाउँ समृद्धिको लागि एकमात्र मेरुदण्ड बनेको छ । सडक नै हेर्न हज्जारौ मानिसहरु गुइझाउ गाउँ पुग्न थालेका छन् ।अचम्म त यो छ तस्विरमा देखिएको भिमकाय चट्टानको भीरमा मानिसहरुले हातले कुँदेर सडक बनाए । सडक बनाउँन पूरा तीन बर्ष लागेको थियो । तर तीन बर्षपछि यो गाउँमा चमत्कारीक विकास भयो ।

हज्जारौ मानिसहरु घुम्न त्यहाँ पुग्न थाले । साना झुप्रा घर भएको गाउँ होम स्टेका लागि अब गाउँ नै पक्की घर बनेको छ । हेर्दा सबै नै चकित बन्छन् । रोचक त के छ भने यो भीरभरी भीर मौरीका चाका देख्न सकिन्छ ।

अति अग्लो चट्टानको पहाडमा सयर गर्नका लागि हज्जारौ मानिसहरु यहाँ पुग्छन् । गुइझाउ प्रान्तको एउटा घाँटीको बस्तिलाई यही चट्टानले बाहिरी दुनियाँसँग सम्पर्क टुटाएको थियो ।यहाँ सडक जाने अर्को कुनै विकल्प थिएन । दुबै तर्फ अति ठूलो चट्टानको भीर बीचमा सुन्दर गाउँ थियो । त्यहाँका बासिन्दाले हाते औजारबाट यो चट्टानको भीरलाई बाटोमा परिणत गर्ने अठोट लिए ।

तीन बर्ष लगातार दिन रात ढुंगामा बाटो कुँद्न थाले । नभन्दै सपना साकार भयो । विश्व सडक सञ्जालमा यो गाँउ जोडियो । अहिले असम्भव भन्ने केही रहेनछ भन्दै जो कोहीले यहाँ तस्विरहरु साझा गरिरहेका हुन्छन् ।

हेजाङ्ग काउन्टीको शिबान्हे गाउँ यही ढुंगाका कारण पुस्ता देखि बन्द, पृथक र गरीब थियो। एक राम्रो भविष्य बनाउनका लागि बासिन्दाहरुलाई आफ्नो हात चलाउन सिकायो ।परिणाम चमत्कारपूर्ण भयो । चट्टान मात्र ४७० मिटर थियो । यो अति कडा चट्टान थियो । यसलाई काट्न तीन बर्ष लाग्यो । अन्ततः ७ किलोमिटर लामो सडक विश्व सडक सञ्जालमा जोडियो ।

सडक बनेपछि कृषि उत्पादनहरुलाई शहरहरुमा ढुवानी र बेच्न को लागि सम्भव बनायो। यहाँको आय उल्लेखनीय वृद्धि भयो। हेरौ केही तस्विरहरु

प्रतिक्रिया दिनुहोस