चर्चित नायक पल शाह, यस्ता छन् रोचक जानकारी …।

पल शाह पछिल्लो समयका निकै रुचाईएका नायक तथा मोडल हुन् । म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका पलले पछि चलचित्र क्षेत्रमा लागेका हुन् । नायक भन्दा पनि मोडलका रुपमा बढी रुचाईएका पलको ब्यक्तित्व र सुन्दरताका कारण नेपाली चलचित्र जगतमा छोटो समयमा नै लोकप्रियता कमाएका छन् ।जन्म : दाङ जिल्लामा सन् १५ सेप्टेम्बर १०८९ जन्मिएका मोडल तथा नायक पल शाह ५ फिट ९ इन्च अग्ला छन् । उनकाे न्वारनकाे नाम भने पूर्ण बिक्रम शाह हाे । उनका बुवा स्थानीय राजनीतिज्ञ हुन भने आमाले पसल चलाउनुहुन्थ्यो । उनको बाल्यकाल दाङ मै बितेको हो ।

रमाईलो किस्सा : पल शाहले एक अन्तरबार्तामा भनेका थिए “नायक भनेको राजेश हमाल जस्तो हुनुपर्छ जसले हामी जस्तो धेरै युवाहरुलाई चलचित्र हेर्न उत्साह दिनुभएको छ । राजेश हमालको चलचित्र लाग्दा हामी पैसा चोरेर टिकट काटेर हेर्नेगर्थ्यौ । टिकट पाउन मुश्किल हुँदा कत्ति लडेको छु तर अन्त्यमा राजेश हमाललाई पर्दामा हेर्दाको मज्जा बेग्लै हुन्थ्यो । राजेश हमालकै चलचित्र हेरेर मलाई पनि चलचित्रमा हिरो बनुम लाग्थ्यो ।”

अभिनय यात्रा : स्थानीय गंगा उच्चमाविमा स्कूले जीवन बिताएका उनी उच्च शिक्षा र अबसरको खोजिमा काठमाडौँ आएका थिए । “तिम्रो यादमा रुन्छु अचेल” बोलको गीतमा अभिनय गरेपछि उनको अभिनय यात्रा सुरु भएको थियो । यसपछी उनको अभिनय यात्रा एकपछि अर्को अबसर सँगै सफल बन्दै गयो । करिब २ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका उनको धेरैजसो गीत चर्चित छन् ।

फिल्मी यात्रा : उनको फिल्मी यात्रा भने सन् २०१६ मा “नाइ नभन्नु ल” को सेक्वयलमा बनेको “नाइ नभन्नु ल ४” बाट सुरु भएको हो । यो चलचित्र बक्स अफिसमा निकै सफल पनि भयो । यही चलचित्रबाट उनले “बेष्ट डेब्यु आर्टिष्ट”को अवार्ड समेत प्राप्त गरे । त्यसयता उनले आधा दर्जन भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । तर उनी नायकका रुपमा भन्दा पनि मोडलका रुपमा दर्शकमाझ निकै रुचाईएका छन् ।

कतिपय समयमा अभिनयको आलोचना हुने गरेको भए पनि उनले आजसम्म करिअर फर्केर हेर्नुपरेको छैन । फिल्म ‘म यस्तो गाीत गाउँछु’ को सफलताले करिअरको उत्कर्षमा पुगेका उनले ‘जोनी जेन्टलम्यान, शत्रु गते, वीर विक्रम २’ मा नायकको रुपमा काम गरिसकेका छन् भने ‘म यस्तो गाीत गाउँछु २’ प्रदर्शनको तयारीमा छ । त्यस्तै, उनको पाइपलाइनमा ‘दुई नम्बरी, सत्यम् र हुतुतु’ छन् ।

घरबेटीले कोठाबाट निकाले : बिलासी गाडी र काठमाडौमा घर बनाईसकेका पल यतिबेला आर्थिक रुपमा समेत सम्पन्न छन् । उनै पल शाहलाई कुनै बेला कोठा भाडा तिर्न समेत धौ धौ थियो भन्दा कतिलाई आश्चर्य लाग्न सक्छ । आश्चर्य नमान्नुस् कुनै बेला कोठा भाडा तिर्न नसकेर डेराबाट निकालिएका थिए ।

रियल हिरो : पल शाह अभिनयमा जति ब्यस्त छन् त्यति नै सामाजिक कार्यमा पनि ब्यस्त छन् । सामाजिक कार्यमा पहिले देखिनै लगाउदै आएका पलले लकडाउनको विषम परिस्थितिमा पनि आफ्नो ज्यान दाउमा राखेर गरेको सामाजिक कार्य सराहनिय रह्यो । जसले गर्दा रजतपटले पनि उनलाई “रियल हिरो अफ दि ईयर” ले सम्मानित गर्‍यो । र सबैले उनको कार्यको सबैले प्रशम्शा पनि गरे ।

प्रेम प्रसङ्ग : बिभिन्न समयमा उनका प्रेम सम्बन्धका विषयलाई मिडियाहरुमा गसिप चलिरहन्छ । उनको केही मोडल तथा नायिकाहरुबीच पनि अफएयर चलिरहेको बताइन्छ । आँचल शर्मासँगको सम्बन्धलाई लिएर मिडियामा बढी चर्चा हुने गरेको थियोे तर उनले असल साथीबीचको सम्बन्ध भएको तर्क गर्दै आएका थिए । म यस्तो गीत गाउँछु चलचित्रमा अभिनयपछि पुजा शर्मासँगको सम्बन्धले पनि चर्चा पाएको थियो ।

आर्मी बन्ने परिवारको सपना : म्यूजिक भिडियोमा काम गर्न थालेपछि पूर्ण विक्रम शाहबाट पल शाह भएका उनी दाङबाट काठमाडौं हिरो बन्न आएका थिएनन् । एसएलसी पास गरेर उनी आर्मी बन्न काठमाडौं छिरेका थिए । त्यसबेला उनी भर्खर १८ वर्षका थिए । काठमाडौं आएपछि उनले आफू र आफ्नो परिवारको आर्मी बन्ने सपना त्यागेर अर्कै बाटो हिँडे । जसकारण आज उनी सफल नायक र मोडल बनेका छन् ।

संघर्षका दिनहरु: आमा-बुबाको न्यानो काख छाडेर जन्मथलो दाङबाट सपनाको शहर काठमाडौं आएपछि उनका कठोर संघर्षका दिनहरु सुरु भए । काठमाडौंमा टिक्न उनले दिउँसो कलेज जाने र साँझमा ट्याक्सी चलाउने योजना बनाए । ट्याक्सी चलाउन उनले तीन महिना ड्राइभिङ पनि सिके । तर, लाइसेन्सका लागि आवेदन दिन जाँदा १८ वर्ष पूरा नभएका कारण उनको फाराम नै दर्ता भएन ।

ड्राइभर बन्न नसकेर निराश भएका पललाई मामाका छोरा नितिन चन्द (जोनी जेन्टलम्यान निर्देशक) र नमित चन्द (मोडल) ले एडिटिङ सिक्न सल्लाह दिए । यो नै उनका लागि कला क्षेत्रमा प्रवेश गर्ने बाटो बनेको थियो । एडिटिङ सिकेपछि उनले एनटिभी प्लस र तराई टिभीमा एडिटिरको रुपमा काम गरे । उनले भारत पुगेर ‘टि–सिरिज’ मा ११ महिना एनिमेसन पनि सिकेका थिए ।

आर्थिक संकटका कारण तराई टिभी बन्द भएपछि ११ महिनाको तलब नपाउँदा कोठा भाडा तिर्न नसकेर घरबेटीले उनको कोठामा ताला नै लगाइदिएका थिए । उनीसँग खाजा खाने पैसा समेत हुन्न थियो । उधारो खाएको पसलबाट लुकेर हिँड्थे । आज उनै पलको भाग्य बदलिएको छ । कुनै समय कोठाभाडा तिर्न पैसा नहुने उनी अब काठमाडौंमा आफ्नै कमाईले घर किनेका छन् ।

आफ्नै गाडी र घर: अहिले पल आफ्नो गाडी लिएर बागबजार, पुतलीसडक, अनामनगरका सडकमा हुइँकिन्छन्। उनका लागि त्यो फगत गाडी गुड्ने सडक हैन। त्यहाँ उनले संघर्ष गर्दाका दिनका याद छरपस्ट छन्। यतिमात्र होईन उनले काठमाण्डौमा आलिसान घर पनि किनिसकेका छन् ।

पारिश्रमिक कति : म्युजिक भिडियोमा अभिनय गरेको १ लाखदेखी माथी लिने गरेका छन् । उनको यो रेट गितको समय अनुसार हुन्छ । छोटो समयको लागि १ लाख र दोहोरी गीत र धेरै समयको लागि १ लाख ५० हजार सम्म लिने गरेका छन् । यस्तै फिल्ममा भने २० लाख सम्म लिगेको हल्ला सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस