पोइला गएकी करोडपतिकी श्रीमतीले १ महिना पछि फर्केर श्रीमानसंग राखेको त्यो प्रस्ताव

काठमाडौं, एक जना करोडपतिकी श्रमिती केही दिन पहिले भारी मात्रामा पैसा लिएर भागेकी छिन् । ती महिला साथमा लगेको पैसा सकिएपछि फर्किएर घर आएकी छिन् । फर्किएकी महिलाले पुलिस थाना गएर बयान पनि दर्ता गराएकी छिन् ।

मध्य प्रदेशको इन्दौरकी ४५ वर्षकी यी महिला केही दिनअघि ४७ लाख भारतीय रुपैयाँ (७५ लाख नेपाली रुपैयाँ) लिएर भागेकी थिइन् । उनी सोमबार अबेर राती घर फर्किएकी हुन् । फर्किएकी महिलाले अब आफू पतिको साथमा बस्न चाहेको बताएकी छिन् । उनका पति पनि पत्नीलाई साथमा राख्न चाहन्छन् । पुलिसले यो मामिलामा महिलाले लिएर भागेको पैसामध्ये ३४ लाख पहिले नै ब’राम’द गरिसकेको छ । महिलाका प्रेमी अटो ड्राइभर अझै फरार छन् ।

खजराना थानाका सीएसपी जयंत राठोरले भारतीय मिडियालाई बताएअनुसार ती महिला ४७ लाख रुपैयाँ लिएर १३ वर्ष कान्छा अटो ड्राइभरसँग भागेकी थिइन् । उनका पति करोडपति घरजग्गा दलाल भएको बताइएको छ । आरोपी अटो ड्राइभरले ३४ लाख रुपैयाँ आफ्ना साथीहरुलाई दिएका थिए । त्यो पैसा उनका साथीहरु रितेश ठाकुर र फुरकानसँगबाट पुलिसले ब’राम’द गरिसकेको छ । पुलिसले महिला र अटो ड्राइभरलाई गिरफ्तार गर्न धेरै ठाउँमा छापा मा’रेको भए पनि उनीहरुलाई फेला पार्न सकेको थिएन ।

सोमबार आफैं पुलिसकहाँ उपस्थित भएकी महिलाले सोधपुछका क्रममा बताएअनुसार घरबाट पैसा लिएर भागेपछि उनले एउटा स्विफ्ट डिजायर ट्याक्सी भाडामा लिएकी थिइन् । ट्याक्सीमा उनीहरु सबैभन्दा पहिले पिथमपुर गए । त्यसपछि उनीहरु जावरा, शिर्डी, लोनावला, खंडाला, नासिक, बडोदरा र सुरतका कैयौं क्षेत्रमा घुमिरहे । उनीहरुसँग पैसा सकिएपछि करिब १ महिनापछि महिला फर्किएर आएकी छिन् ।

महिलाभन्दा प्रेमी १३ वर्ष कान्छा थिए । महिलाले पुलिसलाई बताएअनुसार उनलाई पतिले सताउँथे त्यसैले उनी घरबाट भागेकी थिइन् । तर, अब उनी पतिको साथमा बस्न चाहन्छिन् । पतिले पनि पत्नीलाई साथमा राख्न चाहन्छन् । महिलाले साथमा भएको सबै पैसा खर्च भए पनि गहना भने साथमा लिएर आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस