सर्लाहीमा पुलबाट बस खस्दा चार जनाकाे मृत्यु, तीन दर्जन यात्रु घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन् ।दुर्घटनामा परेर मृत्यु भएका चार जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाइएकाे र घाइतेहरूकाे लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना४ख ८५५५ नम्बरकाे यात्रुबस आइतबार बिहान पुलबाट तल खसेकाे हाे । घाइतेकाे उद्धार जारी रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ। घटनाकाे थप विवरण भने आउन बाँकी छ ।बसकाे अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेकाे प्रहरीकाे प्रहरीकाे आश‌ंका छ । घटनाकाे अनुसन्धान भईरहेकाे प्रहरीले जनायाे ।

याे पनि,गौशालामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाण्डौको गौशालामा आज बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ बर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुल्न सकेको छैन ।चावहिलबाट सिनामंगल तर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ८ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस