कारागारमा यसरी दिन बिताउँदैछन् अभिनेता पल शाह

काठमाडौ, एक किशोरीलाई कर णी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा हरेका अभिनेता पल शाहको जेल भित्रको जिवन कस्तो होला भन्ने कौतुहलता उनका फ्यानलाई पक्कै छ । उनी माथि लागेको आरोप र अदालतको फैसलाले पलका फ्यान भने निरास भएका छन् । पलको मुद्दा किनारा नलाग्दा सम्म उनी जेलमै हुनेछन् । अदालतले पललाई जेलमै राखेर अनुसन्धान गर्न निर्देशन दिएको हो ।

उनलाई अदालतले जेल चलान गरेको तीन दिन भएको छ । उनी अहिले तनहुँ जिल्ला कारागारको नयाँ भवनमा छन्। नयाँ भवनमा उनीसंगै २० जना छन् । अन्य भवनमा ३० जना राखिएको छ । पलको धेरै समय आफन्त भेटघाट गर्दैमा बित्ने गरेको छ । तर बाँकी रहेको समयमा उनी क्यारेमवार्ड खेल्छन्। कारागार भित्रको लाइब्रेरीमा समय बिताउँछन् ।

उनी कारागारमा अन्य कैदीहरुसंग निकै घुलमिल भएका छन् । पल शाहलाई . ‘बी’ ब्लकमा राखिएको हो । दुईतले भवनको माथिल्लो तलामा सुत्ने र बस्ने व्यवस्था छ भने तल्लो तलामा खाना खाने, खेल्ने र लाइब्रेरी। अन्य कैदीहरुले पलको निकै प्रशंसा गरेको कारागार ब्यवस्थापनका कर्मचारीहरुले बताएका छन् ।

उनलाई भेट्न जाने नातागोता आफन्तहरूलाई सहजै भेटघाट गर्ने वातावरण बनाउन प्रशासनले भनेको छ। बिहीबार जिल्ला अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। यही मुद्दामा मतियार बनाइएका पलका म्यानेजर कृष्ण जोशी भने अदालतले माग गरेको एक लाख रुपैयाँ धरौटी बुझाएर त्यसै दिन रिहा भएका छन्।

पलविरुद्ध जिल्ला अदालत नवलपुर परासी पूर्वमा पनि कर णी कै मुद्दा दर्ता भइसकेको छ। त्यहाँ थुनछेक बहस हुन बाँकी छ। त्यसका लागि उनलाई केही दिनमा नवलपुर लगिनेछ।जिल्ला अदालत नवलपुरले थुनछेक बहसका लागि पल शाहलाई पठाइदिन पत्र पठाइसकेको छ। तर तनहुँ जिल्ला अदालतले अहिलेसम्म कारागारलाई केही भनेको छैन। अदालतबाट आदेश आएपछि उनलाई नवलपुर पठाइदिने जेलर नारायण अधिकारीले बताए।

तर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको विरुद्ध पल शाहले उच्च अदालतमा अपिल गर्ने भएका छन्। उनका कानुन व्यवसायीले केही दिनमै उच्च अदालत ९पोखरा० मा पुनरावेदन दिने बताएका छन्। पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उनीहरूको माग छ।

प्रतिक्रिया दिनुहोस