म्यादी प्रहरीमा नाम निस्केपछि तीन महिनाकी सुत्केरीले भनिन् : ‘अब देश र जनताको सेवा गर्छु’

घर परिवारको सामान्य आर्थिक अवस्था र देश र जनताको सहयोगको लागि आफूलाई म्यादी प्रहरीमा भर्ना हुने रहर बढेको उनले बताइन् । बच्चा लिएर कसरी म्याद प्रहरीमा काम गर्न सक्नु हुन्छ भनी सोध्दा उनीले भनिन्,’ मेरी बहिनी छे ,छोरा र छोरी उनकै जिम्मा लगाएर काम गर्छु भनी आएकी हुँ , हेरौं म म्यादी प्रहरीमा छानिन्छु की छानिन्न, थाहा छैन ।’

जोमसोम : जिल्ला प्रहरी कार्यालय मुस्ताङको बाहिरी परिसरमा युवायुवतीको बाँक्लो भीडभाड देखिन्छ । त्यो भीड अरु केही नभइ म्यादी प्रहरीमा भर्ना हुन आएका युवायुवतीहरुको थियो । गत मंगलबारदेखि म्यादी प्रहरी भर्ना अभियान सुरु भएकोमा त्यसको ६ दिनपछि आइतबार छनौट भएका व्यक्तिको नाम प्रकाशित हुँदैछ । यसैले होला म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएकाहरु आफूहरु छनौट भए/नभएको थाहा पाउन प्रहरी कार्यालय अगाडि व्यग्र प्रतिक्षामा बसेका थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको बाहिरी भागको गेट नजिकै स्वास्थ्य कार्यालयको मुख्य प्रवेशद्वार छ । त्यही प्रवेद्वारको आडैमा ३ महिनाकी छोरी च्यापेर बसेकी थिइन् एक २४ वर्षीया महिला । उनी त्यहाँ म्यादी प्रहरीमा आफ्नो नाम परे/नपरेबारे बुझ्न आएकी हुन्।

बच्चा लिएर कसरी म्याद प्रहरीमा काम गर्न सक्नु हुन्छ भनी सोध्दा उनीले भनिन्,’ मेरी बहिनी छे ,छोरा र छोरी उनकै जिम्मा लगाएर काम गर्छु भनी आएकी हुँ , हेरौं म म्यादी प्रहरीमा छानिन्छु की छानिन्न, थाहा छैन ।’रोल्पा दाङछुका घर भएकी ति महिलाको नाम हो गीता बुढामगर । उनी आफ्नो श्रीमानसँगै म्यादी प्रहरीमा जागिर खान त्यहाँ आएकी रहेछिन् । उनको सानै उमेरमा दिपक पुन मगरसँग गाउँमै विवाह भएको रहेछ। उनीहरुका अहिले दुई सन्तान छन् । जसमध्ये ठूलो छोरो ५ कक्षामा पढ्दैछ भने सानी छोरी ३ महिनाकी छन् ।

गाउँमा बस्दा साधारण खेतीपाती गर्दै आएका उनीहरु एक वर्षअघि मात्र रोजगारको क्रममा मुस्ताङ आएका थिए । उनीहरु थासाङ गापा —१ टुकुचेमा कोठा लिएर सामान्य ज्यालामजदुरी गर्दै बसेका थिए । उनीहरुसँगै गीताकी बहिनी पनि टुकुचे आएकी थिइन् । गीता र दिपकको बिहे भएको पनि नौ वर्ष पुगिसकेको थियो। मुस्ताङमा उनीहरुले खेतीपाती र अन्य काम गरी जिविकोपार्जन गर्दै आएका छन्।

‘पहिलो चरणमा त मेरो नाम पर्‍यो सर , हेरौं तालिममा पास भइएला वा नभइएला । यदि पास भएको खण्डमा स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीको काम कर्तव्य र दायित्व जिम्मेवारीका साथ अवश्य पुरा गर्नेछु , ‘उनले भनिन् ।तीन महिने सुत्केरीलाई घरमै आराम गरेर बस्नु पर्ने समय हो । यद्यपि गीता म्यादी प्रहरीमा भर्ना हुन केही दिन अघि प्रहरी कार्यालयमा पुगेर आवेदन दिएकी रहेछिन् । म्यादीमा छनौट भए/नभएको थाहा पाउन जिल्ला प्रहरी कार्यालय मुस्ताङ आएको उनले बताइन्।

घर परिवारको सामान्य आर्थिक अवस्था र देश र जनताको सहयोगको लागि आफूलाई म्यादी प्रहरीमा भर्ना हुने रहर बढेको उनले बताइन् । बच्चा लिएर कसरी म्याद प्रहरीमा काम गर्न सक्नु हुन्छ भनी सोध्दा उनीले भनिन्,’ मेरी बहिनी छे ,छोरा र छोरी उनकै जिम्मा लगाएर काम गर्छु भनी आएकी हुँ , हेरौं म म्यादी प्रहरीमा छानिन्छु की छानिन्न, थाहा छैन ।’

आफू म्यादी प्रहरीमा छानिए देशप्रति सेवा गर्न तयार रहेको उनले बताइन् ।’घर व्यवहार सुल्झाउनेछु, यत्तिकै बसेर के गर्ने, उनले भनिन्,’यसैले श्रीमानसँगै पछि लागेर म्यादी प्रहरीमा भर्ना आएकी हुँ,’उनले भनिन्। सानो बच्चा छोडेर म्यादीमा काम गर्दा बच्चालाई समस्या हुँदैन भनी सोध्दा उनले भनिन्,’ म्यादी प्रहरी बनेर सेवा गर्न पाउनु गर्वको कुरा हो । यसले अन्य अवसरमा सृजना गर्ला । बालबच्चा रेखदेख गर्ने त व्यवस्था मिलाइ हाल्छु नि ।’

म्यादीमा भर्ना आएकी राल्पाकी गीता आफू छनौट हुनेमा भने शंका गर्छिन् । ‘खै सर आउन त आइयो,हामीलाई लिन्छन् कि लिदैनन्, थाहा छैन,’ उनले भनिन् । त्यसो त उनका श्रीमान दिपकले आफू मात्रै म्यादीमा जान्छु ,तिमी घर बच्चा हेरी बस नभनेका भने होइनन् तर, गीताले घरको समस्या र देशको सेवा गर्ने अवसर म्यादी प्रहरीले मात्र पुरा गर्ने सम्झिएर आएको बताइन्।

आइतबार मुस्ताङ प्रहरीले सार्वजनिक गरेको म्यादी प्रहरी नामावलीमा आफ्नो नाम परेपछि गीता सारै खुसी भइन् । ‘पहिलो चरणमा त मेरो नाम पर्‍यो सर , हेरौं तालिममा पास भइएला वा नभइएला । यदि पास भएको खण्डमा स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीको काम कर्तव्य र दायित्व जिम्मेवारीका साथ अवश्य पुरा गर्नेछु , ‘उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस