ड्युटीमा रहँदा प्रहरी जवानलाई अचानक चक्कर आयो, त्यसपछि जे भयो त्यो कसैले कल्पना सम्म पनि गर्न सक्दैन !

आगराको राजा मण्डी रेलवे स्टेशनमा एउटा यस्तो घटना घटेको छ, जसको भिडियो हेरेर तपाईको मन रुन्छ । प्लेटफर्ममा ड्युटीमा रहँदा एक प्रहरी जवानलाई अचानक चक्कर आयो, त्यसपछि ट्र्याकबाट गुज्रिरहेको मालगाडीले ठ’क्क’र दिँ’दा उनको पी’डादा’यी मृत्यु भयो। अहिले यो घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

आगराको राजा मंडी स्टेशनको जीआरपी पोस्टमा तैनाथ कन्स्टेबल रिंगल कुमार सिंह शनिबार राति प्लेटफर्म नम्बर दुईमा तैनाथ थिए। राति ९.३१ बजे एउटा मालगाडी स्टेशनबाट गुज्रिरहेको थियो । रेलबाट केही दूरीमा उभिएर ड्युटी गरिरहेका रिङ्गलकुमार सिंह त्यही क्रममा राति ९:३१:५० सेकेन्डमा अचानक रिङ्गलकुमारको स्वास्थ्य बिग्रिएपछि उनी आफ्नो ठाउँमा उभिएर हिँड्न थाले।

चार सेकेण्ड घुमेपछि उनको सन्तुलन बिग्रियो र प्लेटफर्मबाट रेलको पाङ्ग्राको बीचमा खसेर उनको घटनास्थलमै मृत्यु भयो । उक्त सम्पूर्ण घटना प्लेटफर्ममा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको थियो । प्रहरी जवान रिंगल कुमार सिंह उत्तर प्रदेशको बिजनौरका निवासी थिए।

ट्रेनको टिटीई ले जीआरपी जवान रिंगल कुमारलाई मालगाडीमुनि खसेको घटना देखे र उनी तुरुन्तै घटनास्थलमा पुगे। तर, त्यतिन्जेल मालगाडीका ११ वटा डिब्बा कन्स्टेबलमाथिबाट गुज्रिसकेका थिए । रिङ्गल कुमार प्लेटफर्म र ट्र्याकको बीचमा फसेका थिए।

मानिसहरूले उनलाई त्यहाँबाट निकालेर अस्पताल पुर्‍याए तर उनको मृत्यु भइसकेको थियो। मृतक हवल्दारका दुई सन्तान छन् र उनी गत भदौमा मात्रै जीआरपीमा तैनाथ भएका थिए । उनी सन् २०११ मा युपी प्रहरीमा भर्ती भएका थिए । उनलाई जीआरपी लाइनमा अन्य सैनिकहरूले पूर्ण राज्य सम्मानका साथ अन्तिम विदाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस