घरमै पालेक कुकुरले लियो २ हप्ताका बालकको ज्यान, कुकुरले बालकलाई खेलौना सम्झेर खेलिरहदा पनि आमा त्यहि थिईन तर ……

काठमाडौं। घरमा पालेको कुकुरले टो’के’र २ हप्ताका बालकको मृत्यु भएको छ । खासमा कुकुरले ती बालकलाई खेलौना सम्झेर खेलिरहेको थियो । यस क्रममा कुकुरले बालकलाई खेलौना ठानेर समात्नको लागि २३ पटक बालकको टा’उ’कोमा दाँ’त गा’डे’को थियो । आश्चर्यको कुरा कुकुर यसरी खेलिरहेको बेला बालककी आमा पनि त्यही कोठामा सोफामा सुतिरहेकी थिइन्। कुकुरले टो’के’र गम्भीर घाइते भएका बालक रुबेन म्याकनल्टीलाई तत्काल अस्पताल लगिएको थियो । २ हप्तापछि उपचारको क्रममा उनको मृत्यु भयो ।

इङल्याण्डको याजलेमा भएको यो घटना २०१८ सेप्टेम्बरको हो । अहिले यो घटनाबारे अदालतमा सुनुवाइ भएको हो । अदालतमा मृतक रुबेनका मातापिता डेनियल म्याकनल्टी र एमी लिचफिल्डसँग उनीहरुले बच्चाको विषयमा यस्तो लापरवाही किन गरे भनेर सोधिएको थियो । द सनको एक रिपोर्टका अनुसार सुनुवाइमा यो कुराको पनि खुलासा भयो कि रुबेनका मातापितालाई पहिले नै केही सामाजिक कार्यकर्ताले बच्चालाई आफ्ना दुई कुकुरहरु फिजी र डोटीको साथमा एक्लै नछोड्न चेतावनी दिएका थिए ।

१८ नोभेम्बर २०१८ का दिन एमी आफ्ना छोरा रुबेनको साथमा सोफामा सुतेकी थिइन् । डेनियल केही कामले घरबाहिर गएका थिए । जब डेनियल घर आए त्यतिबेला उनले उनका छोरामाथि उनले पालेको स्टेफेर्डशायर बुल टेरियर प्रजातिको कुकुर डोटीले आ’क्र’म’ण गरेको देखे । डेनियलले तत्काल ९९९ मा फोन गरेर नेशनल इमरजेन्सी रेस्पोन्स सर्भिसलाई यसबारे जानकारी दिए । उनका अनुसार उनी घर पुग्दा उनका छोरा रोइरहेका थिए र टाउकोबाट र’ग’त आ’इ’र’हेको थियो ।

प्रतिक्रिया दिनुहोस