एक पटक चार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिने स्कूटर लन्च मूल्य कति ?

ओकिनावा अटो टेकले हिजो अर्थात मार्च २४ मा भारतमा विद्युतिय स्कूटर ओखी ९० लन्च गरेको छ । यो स्कूटरमा हाइटेक फिचर्स, एक पटक चार्जमा १५० किलोमिटरसम्मको रेन्ज र अन्य धेरै उत्कृष्ट सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।

यो स्कूटरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र यात्रुका लागि पछाडिको सिटमा बाक्लो ग्रेब रेल जडित गरिएको छ । यसमा इनसेगमेन्ट १६ इन्च एल्युमिनियम मिश्र धातु पाङ्ग्राहरू रहेका छन् । एक पटक चार्जमा १६० किलोमिटरसम्म चल्न सक्ने यो स्कूटरमा उच्च गति ८० किलोमिटर प्रति घण्टा देखी ९० किलोमिटर प्रति घण्टा रहेको छ ।

यसमा चार्जिङ सपोर्ट सहितको ७२भि ५०एयच लिथियम आयन ब्याट्री रहेको छ। ४० लिटर बुट स्पेस रहेको यो स्कूटरले १० सेकेन्डमा ०–९० किलोमिटर प्रतिघण्टाको स्पीड दिन्छ । यसका साथै स्कूटरमा दुईवटा राइड मोड रहेको छ ।

ओकिनावा ओखी ९० मा म्युजिक प्ले कन्ट्रोल, गाडीको ब्याट्री चार्ज स्टेटस, जियो फेन्सिङ, ट्रिप हिस्ट्री, ड्राइभर स्कोर, स्पीडिङ अलर्ट र नेभिगेसन जस्ता कनेक्टेड फिचरहरू रहेका छन् । यो रातो, सेतो, नीलो र खैरो रंगमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस