ओस्कार अवार्डः विल स्मिथले स्टेजमै होस्टलाई हाने थप्पड (भिडि‌ओ)

काठमाडौं,लस एन्जेलसमा भएको ओस्कार अवार्ड समारोमा अनपेक्षित दृष्य देखिएको छ । सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका विल स्मिथले स्टेजमा गएर होस्टलाई दरिलो थप्पड हानेका छन्।समारोहका उद्घोषक क्रिस रकले आफ्नी श्रीमतीमाथि जोक गरेपश्चात उत्तेजनामा आएका स्मिथ सरासर मञ्चमा गएर गालामा बजाएका थिए ।

स्मिथले ‘किङ रिचार्ड’ बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाउनुअघि यो घटना भएको थियो ।कमेडिया रकले स्मिथकी पत्नी जाडा पिन्केट स्मिथको कपाल झर्ने समस्यालाई लिएर जोक बनाएका थिए । स्मिथको थप्पड खाएपश्चात उनले कुनै प्रतिवाद गरेनन् । हाँसेर टारे । कार्यक्रममा उपस्थितहरू भने स्तब्ध बनेका थिए । यो कार्यक्रम लाइभ टेलिकास्ट भइरहेको थियो ।

अवार्ड लिएपश्चातको सम्बोधनमा स्मिथले कुनै सन्दर्भ उल्लेख नगरी क्षमायाचना गरे । उनले क्रिस रकको पनि नाम लिएनन् । स्मिथले करिअरमा पहिलोपटक ओस्कार अवार्ड जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस