दुर्गेश थापाले दिए ‘कमेडी क्लव विथ च्याम्पियन’लाई मुद्दा हाल्ने चेतावनी

काठमाडौं । कमेडी क्लब विथ च्याम्पियन र कलाकार दुर्गेश थापाबीच विवाद भएको छ । सो कार्यक्रममा आफ्नो चरित्र ह त्या गर्ने प्रोमो प्रशारण भएको भन्दै दुर्गेशले मुद्दा हाल्ने चेतावनी दिएका छन् । उनको यस्तो चेतावनी पछि कार्यक्रमको प्रोमोवाट दृष्य हटाइएको छ । कमेडी क्लब विथ च्याम्पियनको दोस्रो भाग टेलिभिजनमा प्रसारण हुने तयारीमा छ ।

कार्यक्रमको प्रोमो सार्वजनिक भएको हो । प्रोमोमा दुर्गेशलाई इंकित गर्दै कमेडी गरिएको छ । गायक दुर्गेशले आफूमाथि गरिएको व्यंग्यलाई लिएर आपत्ति जनाएपछि निर्माण पक्षले कार्यक्रमको प्रोमो पनि युट्यूबाट हटाएको छ । कार्यक्रम प्रशारण गर्दा पनि सो भाग नदेखाउने बताइएको छ ।

प्रोमोमा उक्त कार्यक्रमका कमेडीयन सजन महर्जनले दुर्गेशको पोस्टरसमेत देखाएर ब्यग्य गरेका थिए । पल शाह प्रकरण प्रति लक्षित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिन खोजिएको थियो ।

प्रोमोमा सजनले भनेका थिए, ‘उहाँ चैँ, गाली खान पचाउन सिकाउने गुरु । उहाँले जस्तो गाली पचाउन कसले सक्छ र बा बा‘। उहाँ फेरि मेरो गुरु मात्र हो, साथी होइन । साथी हानिकारक हुन्छ ।’

दुर्गेशले कार्यक्रमको निर्माण पक्षसँग यसमा आपत्ति जनाउँदै कानूनी प्रक्रियामा जान सक्ने चेतावनी दिए पछि सो प्रोमो हटाइएको हो । दुर्गेशले कार्यकमका आयोजक र दीपाश्री निरौलासंग यसवारे कुरा गरेका थिए । अदालतमा बिचाराधिन रहेको मुद्दाका विषयमा मजाक बनाएको भन्दै दुर्गेशले आपत्ती जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस