१४ वर्षकी छोरीले बच्चा पाएपछि ३० वर्षमै हजुरआमा बनिन् यी महिला!

काठमाडौं। ३० वर्षकी एक महिला बेलायतकै सबैभन्दा कान्छी हजुरआमा बनेकी छिन्।१४ वर्षकी छोरीले बच्चा जन्माएपछि केली हेली बेलायतकै कान्छी हजुरआमा बनेकी हुन्।

सन् २०१८ मै केलीकी छोरी स्काईले बच्चा जन्माएकी थिइन्। यतिबेला उनी १७ वर्षकी भइन् भने उनको बच्चा ३ वर्षको भइसकेको छ।डेलीमेलका अनुसार त्यसबेला केली ३० वर्षकी थिइन् यतिबेला उनी ३३ वर्षकी भइन्। हालैमात्र केलीले यो जानकारी दिएकाले ढिलो मात्र यो विषय सार्वजनिक भएको हो।

कम उमेरमै हजुरआमा बनेकोमा केली अचम्ममा पर्छिन्। आफू अझै भर्खरकै भएका बेला छोरीले नै बच्चा जन्माउँदा आश्चर्य लागेको उनी बताउँछिन्।

स्काईले प्रेमीसँग उमेर नहुँदै यौन सम्पर्क गरेपछि उनी गर्भवती भएकी थिइन्। पेटमा बच्चा बसेको ३६ महिना भएपछि मात्र स्काई गर्भवती भएको थाहा भएको थियो।अन्ततः केलीले छोरीलाई बच्चा जन्माउनमा साथ दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस