जेलेन्स्कीले फ्रान्स रुससँग डरायो भनेपछि…आयो यस्तो प्रतिकृया, अब के होला ? (भिडियो सहित)

युक्रेनमा रुसको आक्रमणपछि कुन पश्चिमी देशले युक्रेनलाई सहयोग गरिरहेको छ र कुन देशले सहयोग गरिरहेको छैन भन्ने विषयमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आफ्नो धारणा बताएका छन् । द इकोनोमिस्टलाई दिएको एक अन्तरवार्तामा जेलेन्स्कीले सैन्य सहायता उपलब्ध नगराएकोमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनको आलोचना गरेका छन् ।

उनले भने ‘यस्तो किन ? किनकि उनी रुससँग डराउँछन् ।’ जेलेन्स्कीको भनाइअनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोनसन हतियार पठाउनको लागि इच्छुक देखिन्छन् । जेलेन्स्कीले भने ‘हो, इमान्दारिताका साथ भन्ने हो भने जोनसन यस्ता नेता हुन् जसले धेरै सहयोग गरिरहेका छन् ।’ जेलेन्स्कीले अगाडि भने ‘बेलायत निश्चित रुपमा हाम्रो पक्षमा छ । उसले सन्तुलन बनाइरहेको छैन । बेलायतलाई स्थितिबाट बाहिर निस्किनको लागि कुनै विकल्प देखिएको छैन ।’

उनले अगाडि भने ‘बेलायत युक्रेनले जितेको देख्न चाहन्छ र रुसले हारेको तर म यो भन्नको लागि तयार छैन कि बेलायत युद्धलाई अगाडि बढाउन चाहन्छ कि चाहँदैन ।’ जेलेन्स्कीले जर्मनीलाई सन्तुलन मिलाइरहेको देख्छन् । उनले भने ‘उनीहरु सन्तुलन बनाउने कोसिस गरिरहेका छन् । जर्मनीको रुससँग लामो सम्बनध छ र उनीहरु यो अवस्थालाई अर्थव्यवस्थाको चश्माबाट हेरिरहेका छन् ।’

उनले अगाडि भने ‘उनीहरु यो पनि हेरिरहेका छन् कि यस्तो परिस्थितिले उनीहरुको देशलाई कसरी प्रभावित पार्छ । उनीहरु सहयोग गर्न सक्छन् तर त्यतिबेला मात्र जब उनीहरुको देशभित्र यसको लागि दबाब बनायन्छ । अनि उनीहरु जब यस्तो देख्छन् कि पर्याप्त काम भइसकेको छ उनीहरु सहयोग रोक्न सक्छन् ।’

प्रतिक्रिया दिनुहोस