लण्डन छोडेर नेपाल फर्केका सक्कलले बिउ पसलवाट गरे चमत्कार, एक लाख सम्मको तलब दिएर १०० भन्दा माथि कर्मचारी

काठमाण्डौं, सन् २००५ तिर आफ्नै घर गोदावरी ललितपुरमा वुबाले सुरु गरेको विउ पसलबाट कृषि क्षेत्रमा पाइला राखेका ३१ वर्षे सक्कल थापा आज नेपालको ७७ जिल्लामा सेवा दिइरहेका छन् । अहिले थापाको नेपाल भरि १५० भन्दा बढि डिलर तथा सव डिलर र १०० भन्दा माथि कर्मचारी छन् ।

सक्कल एग्रो एण्ड सिड्स ट्रेडर्स, सक्कल सिड्स, नक्खु सिड्स तथा सक्कल एग्रो मार्टका सञ्चालक थापा भन्छन कृषिमा आम्दानी छैन भन्नेले हामीलाई सम्पर्क गर्नुहोस् हामी तपाईलाई महिनाको २० हजार देखि १ लाखसम्म कमाइ गर्नसक्ने बनाईदिन्छौ । एक देखि ३ महिना हामीसंग काम गर्ने हो भने आफै व्यवसाय गर्नसक्ने बनाइदिन्छौ ।

ललितपुर गोदावरी निवासी सक्कल थापा प्लस टू पछि बिज्नेस म्यनेज्मेन्ट पढ्नका लगि नर्थ वेस्ट कलेज लण्डन पुगे । पढाई सकेर अरुको काम गर्नु भन्दा आफ्नै देशमा सानो व्यवसाय गर्छु भन्ने सोचले सन् २०१४ मा नेपाल फर्किए । फर्किएपछि आफन्त साथिभाईले किन कार्ड लिइर नबसेको पनि भने, उता जस्तो यहाँ कमाउन सकिदैन पनि भने ।

१, २ वर्ष त त्यसतै नै भयो, निकै संघर्ष गर्नु पर्यो । घनघोर वर्षा पछि खुलेको आकाश जस्तै अहिले सक्कल एग्रो कृषि क्षेत्रमा खुलिसकेको छ । थापा भन्छन, मेरो नामबाट भन्दा पनि सक्कल एग्रोको नामले देशको कुना काप्चामा चिनिएकोमा गर्व लाग्छ । हाम्रो उदेश्य कृषि दक्ष जनशक्तीका साथै यसै क्षेत्रमा उद्यमी बनाउने हो ।

लण्डनमा थापाले एक भारतिय रेस्टुरेन्टमा काम गर्थे । उक्त रेस्टुरेन्ट साझेदारहरु विच समस्या आइपर्यो र ३० हजार पाउण्ड लगभग ३५ लाख नेपाली रुपौयामा बिक्रि गरे । त्यसकुराले थापाको सोच बदलियो । त्यत्रो पैसा तिरेर हामी विदेश जान्छौं अनी सानोतिनो कामा अल्झिएर समय फाल्नु भन्दा त नेपालमा नै केहि सानो व्यावसाय गर्नु पो ठिक रहेछ भन्ने लाग्यो र फर्किएर आफ्नो व्यावसाय नै गर्छु भन्ने सोच आयो । आफन्त डा। केदार बुडाथोकीले यस क्षेत्रमा गर्नु भएको योगदानले र त्यो सानो वुवाको पसलले नै कृषि क्षेत्रमा थापालाई व्यवसायी बनाउन प्रेरित गर्यो । सन् २०१५ मा ३ लाख पुँजीबाट सुरु गरेको व्यवसाय आज ३० करोडको कारोबार गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस