उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँलाइ आदेश माग्दै भन्यो, ‘अभियुक्त पल शाहलाई थुनामा पठाउनुको कारणदिनुहोला’

काठमाडौं ,उच्च अदालत पोखराले नाबालिगलाई कर णी अभियोगमा मुद्दा चलाइएका अभियुक्त पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ।बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो ।

मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । उक्त निवेदन बुधबार नियमित पेसी सूचीमार्फत न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको थियो ।

नाबालिग गायिकाले झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले कर णी गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो।परिवारले फागुन ११ गते उजुरी दिएपछि बेपत्ता भएका पल १५ गते तनहुँ प्रहरीमा आ’त्मसम’र्पण गर्न पुगेका थिए। पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएका थिए।

नवलपुर प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमार्फत चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस