शिक्षकलाई ४५ मिनेट ट्वाइलेटमा थुनेका कमेडिन सन्दिप क्षत्रिका यस्ता छन् रोचक तथ्य

काठमाडाैं – सन्दीप क्षेत्री नेपाली हास्यव्यंग्य क्षेत्रमा परिचित नाम हो । सानै उमेरदेखि अरूलाई हँसाउने कला भएका उनी विद्यार्थी जीवनमा आफू निकै बदमास भएको बताउँछन् । वास्तवमा उनको विद्यार्थी जीवन कस्तो रह्यो त ? गज्जबका महेश तिमल्सिनालाई उनले सुनाएका छन् ।

पहिलो अक्षर लेख्न बुवाले सिकाउनुभयो
मलाई पहिलो अक्षर लेख्न मेरो बुवाले सिकाउनुभएको हो । त्यसैले मेरो पहिलो शिक्षक मेरो बुवा नै हुनुहुन्छ । उहाँले मेरो हात समाएर चकले स्लेटमा लेख्न लगाउनुहुन्थ्यो । जसले गर्दा मैले क, ख लेख्न उहाँबाट नै सिकेँ ।

माउन्ट भ्युले अनुशासन र क्रिकेट दुवै सिकायो
मेरो बुवा प्याथोलोजिस्ड हुनुहुन्छ । त्यसैले गर्दा उहाँको जागिर जहाँ–जहाँ सरुवा हुन्छ हामी त्यहीँ गएर पढ्नुपर्ने बाध्यता थियो । जसले गर्दा म चार वर्षको उमेरमा सुर्खेत गएँ । त्यहाँ उषा बालबाटिका स्कुल थियो । त्यहीँबाट मेरो स्कुलेजीवन सुरु भयो । त्यहाँ म शिशु कक्षामा भर्ना भएँ । त्यसपछि म दाङको माउन्ट भ्यु स्कुलमा फेरि २ कक्षामा गएर भर्ना भएँ । त्यहाँ मैले ५ कक्षासम्म पढेँ ।

त्योचाहिँ दार्जिलिङका मानिसले खोलेको स्कुल हो । त्यसैले त्यहाँ शिक्षकशिक्षिका सबै दार्जिलिङका नै थिए । जसले गर्दा दार्जिलिङमै बसेर पढेकोजस्तो महसुस हुन्थ्यो । म फुटबल राम्रो खेल्थेँ, क्रिकेटमा चाहिँ खासै रुचि थिएन । तर, त्यो स्कुलमा क्रिकेट खेल्नै पथ्र्यो । जसले गर्दा मैले कक्षा ५ पढ्दादेखि नै क्रिकेट खेल्न सिकेँ । यसको साथै त्यो स्कुलमा विद्यार्थीलाई निकै अनुशासनमा राखिन्थ्यो । जसले गर्दा मलाई अनुशासन पनि सोही स्कुलले सिकायो ।

प्रतिक्रिया दिनुहोस