एलिजाको बोल्ड अवतार , प्रताप दास र गायिका मेलिना राईको ‘दुख्छ मन’ सार्बजनिक (भिडियो)

काठमाडौं। चर्चित नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम अभिनित ‘दुख्छ मन’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ। एलिजा गौतमको पहिलो चलचित्र ‘अनुराग’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनले धेरै म्युजिक भिडियो खेलेकी छिन ।

चर्चित गायक प्रताप दास र गायिका मेलिना राईको स्वर रहेको गीतमा शब्द, रचना भने साजन कट्टेलको र संगित सरोज पोखरेलको छ ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडिओको छायाँकन भने उत्तम हुमागाईँले गरेका हुन् । भिडिओमा कोरियोग्राफी भने सुरेन्द्र बसेलको छ भने सम्पादन माधव बेलवासेको छ । भिडिओ भने तुलसा ईन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत हिजै रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस