बलिउडमा प्रवेश गर्दा यस्ता भोगाइ भोग्नु पर्छ भन्दै धरधरी रोइन प्रियंका चोपडा

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा आज अन्तर्राष्ट्रिय स्टार बनेकी छिन् । उनका फ्यान भारतमा मात्रै नभएर विश्वभर फैलिएका छन् । यसको कारण के हो भने उनले आफूलाई सिमित गरिनन् , बलिउडमा काम गर्नुका साथै हलिउडमा पनि काम गरिन् । यसै क्रममा उनले हालै आफ्नो संस्मरण पनि बनाएकि छिन् । जसलाई उनले लन्च गर्दैछिन् ।

यसअघि उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट टिजर अडियो बुक सार्वजनिक गरेकि थिईन् । जसले धेरै प्रशंसा पाइरहेको छ ।यसमा उनले आफ्नो करियर जुन शारीरिक रुपमै निर्भर छ, त्यो सुरु हुनुभन्दा पहिले नै समाप्त हुँदै गइरहेको बताएकी छिन् । यस्तो अवस्थामा उनको एउटा पुरानो भिडियो पनि निकै भाइरल भइरहेको छ, जसमा प्रियंकालाई एक निर्देशकले आफ्नो स्तनमा समस्या भएको बताएका थिए ।

यति मात्र होइन, निर्देशकले उनलाई स्तनको श ल्यक्रिया गराउन पनि सल्लाह दिएको उनी बताउँछिन् । प्रियंकाले आफ्नो अन्तर्वार्तामा सन् २००० मा मिस वर्ल्डको ताज टाउकोमा राख्दा आफूलाई कामको कुनै कमी नहुने बताएकी थिइन् । फिल्मका निर्देशकले स्तनलाई लिएर त्यस्तो भने पछि उनले फिल्म छाड्नुपरेको थियो ।

प्रियंकाको करियरको प्रारम्भिक चरण थियो, त्यसैले उनले फिल्मबाट किन पछि हट्नुपर्यो भनेर कहिल्यै बताउन सकेकि थिईनन् । प्रियंकाका अनुसार निर्देशकले उनलाई स्तन बृद्धिको शल्यक्रिया गर्न भनेका थिए । यससँगै उनको ‘प्रपोर्शन्स’ सच्याउन पनि भनिएको थियो । यति मात्र होइन, उनलाई बङ्गारा मिलाउन र नितम्बमा कुसनिङ गर्न पनि सल्लाह दिइएको थियो ।

प्रियंकाका अनुसार यो कुरामा निर्देशक मात्रै नभएर उनको म्यानेजर पनि सहमत थिए । प्रियंकाका अनुसार त्यतिबेला यो सामान्य कुरा थियो । उनले थप भनिन्,– आफूले चाहेर पनि आफूलाई कहिल्यै उभिन सकिन, त्यसबेला मैले स्वीकार गर्नुबाहेक केही बुझ्न सकिन । मैले धेरै पटक भन्न खोजे पनि आफुलाई बकवास रुपमा नबोल्न भनिएको थियो । त्यस्तै आफुलाई उद्योगमा नयाँ भएकोले चुप बस्दा नै उपयुक्त हुने सल्लाह दिएका थिए ।

प्रतिक्रिया दिनुहोस