मुख्य शक्तिसँग सम्बन्ध सन्तुलित नबनाए दुर्घटनामा पर्न सक्छौं : भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् ।रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहिबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्ने बताएका हुन् ।

नेपालकाे छरछिमेकीकाे भूराजनीति बलियाे बनेकाे उनले बताए । भारत-चीन र अमेरिकाका सम्बन्धनले हाम्राे आन्तिरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेकाे बताउँदै उनले राष्ट्रिय मुद्दामा दलहरुबीच सहमति हुनैपर्ने बताए ।युक्रेनकाे घटना हाम्रा लागि ठूलाे पाठ हाे । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ उनले भने ।

याे पनि,आजदेखि काठमाडाैंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
पाँचाैँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव (निफ) आजदेखि काठमाडाैंमा हुँदैछ । २१ चैतसम्म चल्ने महाेत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकाेमा यस पटक भाैतिक उपस्थितिमा हुन लागेकाे हाे ।

निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । ‘५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छ,’ उनले भने, ‘त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शककाका लागि यो अवसर नै हो ।’राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस