सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते

सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थित कालिनजोर पुलमा बुधबार राति कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार पाँच जना घाइते भएका छन् ।मृत्यु हुनेमा भारतीय नागरीक २२ वर्षीय नबिन यादव रहेका छन् । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २५ वर्षीय भारतीय नागरीक अजित यादवको अवस्था गम्भीर रहेको छ । ६ जना सवार भारतीय नम्बरको कार गएराती पौने १० बजे अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जानकारी दिएको छ ।

याे पनि,हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बिहीबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका हाल पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०३ ००१ ख १३६५ नम्बरको बसले पैदलयात्री उनलाई आज बिहान सवा ४ बजे ठक्कर दिएको थियो । ठक्कर दिने बस सहित चालक ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस