आफ्नो न्वारनको नामका कारण ट्रोल बनेकी नायिका करिश्माले फर्काइन् यस्तो रमाइलो जवाफ

काठमाडौँ अभिनेत्री करिष्मा मानन्धरको नेकपा एमाले प्रवेश गरेकी छन् । उनको यो कुराले त्यती चर्चा पाएन । तर जब उनको एउटा अभिब्यक्तिले भने सामाजिक सञ्जाल राम्रैसंग तरंगित भएको छ । उनले आफ्नो नाम सुर्जे कुमारी हो भनेर अभिब्यक्ति दिएकी थिइन् । भाषणका क्रममा दिएको त्यो अभिब्यक्तिका कारण उनी अहिले ट्रोलमा परेकी छन् ।

एमाले प्रवेश लगत्तै अध्यक्ष केपी शर्मा ओलीसँग देश दौडाहामा निस्किएकी करिष्माले सोमबार कपिलवस्तुमा गरेको एउटा सम्बोधनमा आफूलाई एमालेको विचार सिद्धान्त राम्रो लागेको मात्र होइन आफ्नो न्वारनको नाम नै सूर्यकुमारी भएकाले आफू जन्मजात एमाले रहेको उनको जिकिर गरेकी थिइन् ।

तर करिष्माको यो अभिव्यक्ति ट्रोलरका लागि भने खुराक बन्यो । कतिले त नयाँ जोगीले धेर खरानी खस्छ भन्ने उखान करिष्मातिर तेस्र्याउँदै करिष्मा जता गयो त्यतै ठिक्क पर्ने प्रवृत्तिको मानिस भन्दै उनलाई उडाए । सामाजिक सञ्जालमा राम्रै समय बिताउने करिष्मालाई भने मानिसहरूको यो टिप्पणी मन परेनछ क्यारे, बिहीबार अफिस टाइममा उनले पनि आलोचकलाई व्यंग्य कसिन् ।‘ सूर्य कुमारी मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो , भिटामिन डि प्राप्त भयो । राम्रो हो,’ उनले लेखिन् ।

प्रतिक्रिया दिनुहोस