सप्तरीमा लागु औषधसहित एक युवक पक्राउ

सप्तरी प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-१ का माधव नेपालकका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी नगरपालिका- ९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ परेको हो।

उनकाे साथबाट लागु औषध निट्रोसन आर ८४ चक्की (ट्याब्लेट) बरामद गरेकाे प्रहरीकाे दाबी छ । पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहोको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम असुल गर्ने पक्राउ
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले सप्तरीको महदेवा गाउँपालिका-२ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डललाई ठगी गरेकाे आराेपमा पक्रेकाे सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरेको आरोपमा मण्डललाई पक्राउ गरेको हो । मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रवक्ता काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस