लोक सेवाकी टपर २८ वर्षमा सहसचिव बनेकी टीना डि भोर्स गरेर दोस्रो विवाह गर्दै

काठमाडौं ।संघ लोक सेवा आयोग (यूपीएसी) २०१६ की टपर टीना डाबी फेरि एक पटक चर्चामा छिन् । भारत, राजस्थानको अर्थ विभागकी सहसचिव टीना दाबीले २८ वर्षको उमेरमा दोस्रो विवाह गर्न लागेकी हुन् ।

उनले राजस्थानका आईएएस प्रदीप गावण्डेलाई आफ्नो नयाँ जीवनसाथी रोजेका छिन् । सन् २०१३ ब्याचका गावण्डे हाल राजस्थानको पुरातत्व तथा संग्रहालय विभागमा निर्देशक छन् । सामाजिक सञ्जालमा सक्रिय रहने टीना डाबीले आफ्नो नयाँ जीवनसाथीसँग धेरै तस्विर शेयर गरेकी छिन् ।

आईएएस टिनाले प्रदीप गावण्डेसँगको तस्विर सेयर गर्दै लेखेकी छिन्, ‘तिमीले दिएको मुस्कान मैले लगाएकी छु ।’ त्यसपछि उनीहरुको बिहेको चर्चा सुरु भयो । डाबी र गावण्डेको विवाह अप्रिलमा हुनेछ ।

उनीहरुले २२ अप्रिलमा जयपुरको एक होटलमा विवाह पार्टी दिनेछन् । टीनाले यसअघि सन् २०१८ मा आफ्नै ब्याचका आईएएस अफिसर अतहर अमिरसँग विवाह गरेकी थिइन् ।

यद्यपि, टीना र अतरले नोभेम्बर २०२० मा जयपुरको पारिवारिक अदालतमा स’म्ब’न्धवि’च्छेदको आवेदन दिएर एकअर्काबाट अलग हुने निर्णय गरेका थिए, त्यसपछि अदालतले अगस्ट २०२१ मा स’म्ब’न्धवि’च्छेदलाई स्वीकृत गरेको थियो । टीना डाबी सन् २०१५ मा आइएएस टपर भएदेखि नै चर्चामा आएकी थिइन् । त्यसपछि उनले सामाजिक सञ्जालमा विभिन्न प्रेरक पोस्ट सेयर गर्ने गरिन् ।

उनको सामाजिक सञ्जालमा राम्रो फ्यान फ्लोइङ रहेको छ । उनका फलोअर्सको संख्या १४ लाख नाघेको छ । टीनाको जन्म भोपाल ( मध्य प्रदेश ) मा भएको थियो । तर, उनको परिवार जयपुरको हो ।

प्रतिक्रिया दिनुहोस