भोलिदेखि डिलरहरूले पेट्रोलियम पदार्थको बिक्री वितरण पूर्ण रुपमा बन्द गर्ने

काठमाडौं- शुक्रबारदेखि पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गर्ने भएका छन् ।

नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए भोलिदेखि अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका हुन् ।

निगमको निर्णयविरुद्ध गत चैत ६ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका व्यवसायी डिलरहरूले भोलि अर्थात् चैत १८ गते कुनै पनि पेट्रोलियम पदार्थको ट्याङ्कर लोड/अनलोड नगर्ने र निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने जनाएको छन् ।

यो पनि – सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो । तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक

सवारीसाधनमा मात्रै भाडा बढाएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।उनका अनुसार रुटअनुसार बढेको भाडाको दर सूची आइतबार सार्वजनिक गरिने उनले बताए । तर, स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने नबढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस