हजुरआमालाई आफन्तकोमा बस्छिन् भनिएकी घुम्दै जाँदा नातिनिले बृ द्धाश्रममा भेटेपछि…

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भा`इरल भइरहेको छ। तस्बिरसँगै यसको क्याप्सन`ले धेरैको ध्यान तानेको छ।

पोस्ट गरिएको तस्बिरमा लेखिएको छ- एउटा स्कुलले विद्यार्थीहरुलाई भ्रमणका लागि वृद्धा`श्रम लगेको थियो, जहाँ एउटी छात्राको आफ्नी हजुर`आमालाई भेटिन्।

ती छात्राले आफ्ना बाआमासँग हजुरआमाको बारेमा जिज्ञासा राख्दा उनीहरुले आफ्नो नातेदार`कहाँ गएर बस्ने गरेको बता`एका थिए। के यस्तै खाल`को समाज बनाइरहेका छौं हामी?

केही स`मय अघि यो तस्बिर यति भाइरल भएको थियो कि दिल्लीका मुख्यमन्त्री अरविन्द केज`रिवाल र क्रिकेटर हरभजन सिंह`ले समेत आफ्नो फेसबुर र ट्विटर`मा सेयर गरेका छन्।

गुजरातका वरिष्ठ फोटो पत्रकार कल्पित भचेचले तस्बिरको कथा यसरी सुनाएका छन् :

२००७ सेप्टेम्बर १२ । मेरो जन्मदिनको एकदिन पहिले। म बिहान ९ बजे घरबाट निस्कन लागेको थिएँ। श्रीम`तीले भनिन्, ‘राति घर फर्किनु। किनकि आज राति १२ बजे केक का`ट्नुपर्छ।’

म खुसी हुँदै घरबाट निस्किएँ। केहीबेरमै मेरो मोबाइ`लमा अहमदाबादको मणिनगर`स्थित जिएनसी स्कुलबाट फोन आयो। प्रिन्सिपल रीटा बहन पाण्ड्याले भनिन्, ‘म आफ्नो स्कुलका नानी`हरु लिएर वृद्धा`श्रम जाँदैछु। के तपाईं यो भ्रमणको फोटो कभर गर्न सक्नु|हुन्छ?’

म तयार भएँ र घोडा`सरको मणिलाल गान्धी वृद्धाश्रम पुगेँ। त्यहाँ एकातिर नानीहरु थिए भने अर्कातिर वृद्धाहरु। मैले वृद्धाह`रुको साथ बस्न ती नानीहरु`लाई आग्रह गरेँ ताकि राम्रो फोटो खिच्न सकूँ।

जब उनीहरु नजिकै थिए, एक छात्रा वृद्धा`लाई देख्नासाथ सुँकसुँ`क गर्न थालिन्। अचम्म त यो थियो कि नजिकै रहेकी वृ`द्धा पनि ती छात्रालाई देखेर उसैगरी रुन थालिन्। त्यसपछि ती छात्रा हतारमा दौडिएर वृद्धासँग गइन् र अँगालो`मा कस्सिइन्। यो देखेर त्यहाँ उपस्थित सबै`जना अचम्मि`त भए।

मैले ठिक त्यही बेला यो दृश्यलाई क्यामेरामा कैद गरेँ। मैले ती वृद्धासँग बुझ्न चाहेँ। उनी रोइरहेकै थिइन्। पछि थाहा भयो- उनीहरु हजुरआमा र नातिनी रहेछन्।

ती छात्राले पनि वृद्धा आफ्नो ‘बा’ भएको बताइन्। गुजरातीमा हजुरआमा`लाई बा पनि भन्ने गरिन्छ। ‘हजुर`आमा बिना मेरो जिन्दगी शून्य लाग्छ,’ उनले आँसु पुछ्दै भनिन्। उनले यो पनि सुनाइन् कि बुवाले हजुरआमा नातेदारक`हाँ बस्न गएको बता`एका थिए। तर वृद्धाश्रम पुगेपछि थाहा भयो, हजुर`आमा कहाँ गएकी रहिछन्!

हजुरआमा-नातिनीको यो सुखद मिलन देखे`पछि त्यहाँ भएका अरु वृद्धा र उनका साथी`हरुका आँखा रसाएका थिए। त्यो भावुक माहोल`लाई सामान्य बनाउन नानीहरुले भजन गाउन थाले।

यो तस्बिर पहिलो दिन दिव्य भाष्कर पत्रिकाको पहिलो पृष्ठमा छापिए`को थियो। त्यस`पछि पूरा गुज`रातमा यही तस्बिरलाई लिएर निकै चर्चा पनि भयो। यो तस्बिरले धेरैला`ई तरंगित बनाइदियो।

मेरो ३० वर्षको करिअरमा पहिलो पटक यस्तो घ`टना भयो कि तस्बिर छापि`एको पहिलो दिन एक हजारभन्दा बढीले मलाई फोन गरे। त्यो समय पूरै राज्यमा यो तस्बिरको विष`यलाई लिएर चर्चा भएको थियो।

ती बृद्ध महिला`को नाम दमयन्ती पंचाल हो । पछि फोटो निकै भा`इरल भएपछि दमयन्ती`ले आफू आफ्नो खुसीराजीले बृद्धाश्र`ममा आएको बताएकी थिइन । साथै धेरै वर्षपछि फोटो भाइरल भए`पछि उनकी नातिनी भक्तीले पनि यस`री फोटो भा`इरल भएकोमा आश्चर्य व्यक्त गरेकी छन् ।

भक्तीले आफूले हजुर आमालाई अचा`नक बृद्धाश्रममा देखेका कारण रोएको तर उनी आफ्नै खुसीले बृद्धाश्रम गएको आफू|लाई पछि थाहा भएको बताएकी छन् ।भक्तीले १२ वर्षपछि त्यो फोटोलाई ग`लत सन्देश लेखेर भा`इरल गराइएको भन्दै त्यसप्र`ति आप`त्ती पनि जनाएकी छन् ।

उनले आफ्ना हजु`रवुवाको मृ`त्यु भएदेखि नै हजुर आमाले बृद्धाश्रम जाने इच्छा आफ्ना आमावु|वालाई बताएको र त्यतिबेला बृद्धा`श्रममा ठाउँ खाली नभ|एकोले उनी केही वर्षपछि बृद्धा`श्रममा ठाउँ खाली भएपछि गएको स्पष्ट पारेकी छन् । उनले यसरी गलत रुपमा फोटो भाइरल भएको`ले त्यसप्रति दुःख पनि व्यक्त गरेकी छन् । बिबिसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस