नायक पल शाह र नायिका एलिजा गौतम अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौ । नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक ‘दिन्थे मुटु झिकी’ बोलको गितमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ ।स्वर निसान भट्टराई र बिष्णु माझीको रहेको छ ।

गायक तथा संगीतकार ओलीले यसअघि खोलिमा पनि , बुटुवल बसपार्क परदेशको बास लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।सार्वजनिक गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् ।

शिब बिकले निर्देशन र कोरियोग्रफ़ि गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन् ।म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन, बिमला तामांगको मेकप , मिलन बिस्वकर्माको सम्पादन र पदम सुबेदीको ग्राफिक्स देख्न सकिन्छ । पवन ओली अफिसियलबाट सार्वजनिक गीत यतिबेला युट्युबको ट्रेण्डिङ्गमा समेत पर्न सफल छ ।

प्रतिक्रिया दिनुहोस