इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो

एजेन्सी – इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ । सम्भवतः उनको जिब्रो विश्वकै सबैभन्दा ठूलो हो ।यद्यपि, यसको पुष्टि हुन बाँकी छ । युनिभर्सिटी अफ इडनवर्गअनुसार औसत पुरुषको जिब्रो ८ दशमलब ५ सेन्टिमिटर हुन्छ । यस हिसाबले उनको जिब्रो औषतभन्दा साढे दुई सेन्टिमिटर लामो हो ।

आफ्ना साथी र परिवारलाई देखाउन थालेपछि प्रवीणलाई आफ्नो जिब्रो साथीहरुकोभन्दा ठूलो लागेको थियो । त्यसपछि उनले जिब्रोबाट नाकको टुप्पोलगायत शरीरका अन्य अंग छुन थाले । झन्डै उनले आखाँ छुन्छन् ।रकम अभावमा उनले आफ्नो जिब्रो आधिकारिक रूपमा गिनिज रेकर्डबाट मापन गर्न सकेनन् । तर, देशकै सबैभन्दा लामो जिब्रो भएको भन्दै उनले आफ्नो नाम भारतको लिम्का बुक अफ रेकर्डमा भने दर्ता गराउन सफल भएका छन् ।

केही वर्षअघि प्रवीणले एक मिनेटमा २१९ पटक जिब्रोले नाक छोएपछि एसिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएका थिए ।गिनिज रेकर्डअनुसार हाल क्यालिफोर्नियाको सालिनासका निक स्टोबर संसारकै सबैभन्दा ठूलो जिब्रो भएका व्यक्ति हुन् । उनको जिब्रोको लम्बाई १० दशमलब १ सेन्टिमिटर छ । योे प्रविणको भन्दा ० दशमलब ८ सेन्टिमिटर छोटो हो ।

१५ सय तिर्न नसकेर स्कुलबाट निकालिएका क्षितिज अहिले एप्पल कम्पनिको मुख्य इञ्जिनियर: बधाई छ
नेपालका क्षितिज राज लोहनीले आईफोनको नयाँ पुस्ताका लागि आईफोन डिजाइन गरेका छन् । लोहनी आईफोन टिमका इन्जिनियर हुन् । उनले ऐप्पलभित्र ‘नेपाली–एट–एप्पल’ समूह स्थापना गरेका छन् । समूहले एप्पलमा काम गर्ने ५० नेपालीलाई एकै ठाउँमा राखेको छ ।

‘एप्पल विश्वकै पहिलो ३ खर्ब डलरको कम्पनी हो । एप्पलका उत्पादनमा नेपालीको पनि योगदान छ,’ क्षितिज भन्छन् । आईफोन, आईप्याड, वाच, म्याप्स, म्याक जस्ता एप्पलका उत्पादनमा नेपालीको पनि योगदान रहेको उनी बताउँछन् । ‘व्यावसयिक करिअर बिकासमा हामीले नियमित रुपले अन्य नेपालीहरुलाई सहयोग गर्छौं,’ क्षितिज भन्छन् ।

नेपालीले एप्पलको अतिरिक्ति विश्वकै प्रतिष्ठित कम्पनीहरुः गुगल, अमेजन, फेसबुक, गोल्डम्यान साच्स, सीएनएन इत्यादिमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।जम्मा १५ सय रुपैयाँ तिर्नुछ भनेर पनि सम्झन सक्दैनस्?’ करिब १५ वर्षअघि स्कुलमा त्यो रकम तिर्न नसक्दा निकालिएको घटना क्षितिजराज लोहनीलाई ताजा छ। कक्षा ६ पढ्ने सानो क्षितिजको दिमागमा झन् त्यो कुरा जकडिएर बसेको थियो। त्यतिखेरै संकल्प लिएका थिए, ‘कमाउने भएपछि मजस्ता सबैको पैसा तिर्छु।

आफ्नो सपना पछ्याउँदै-पछ्याउँदै क्षितिज अमेरिका पुगे। संसारकै धनी कम्पनी एप्पलमा ‘सफ्टवेयर इञ्जिनियर’ का रूपमा कार्यरत छन्। बेला–बेला नेपाल आउने उनी गत दुई महिना नेपाल बसेर फर्किए। यो बसाइमा उनले सानो बेलाको संकल्प पूरा गर्ने प्रयास पनि गरे।बुढानिलकण्ठस्थित श्री भद्रकाली स्कुलका विपन्न परिवारका ३३ केटाकेटीको एक वर्षको पूरै खर्च तिरिदिए। त्यसका साथै पाँच वर्षसम्मको पढाइ खर्च बेहोर्ने प्रतिबद्धता जनाएर गए।

‘हाम्रो परिवारसँग कुनै बेला जम्मा १५ सय तिर्न सक्ने हैसियत थिएन। स्कुलको व्यवहारले मलाई साह्रै चित्त दुखेको थियो,’ सानो हुँदाको घटना सम्झँदै भने, ‘त्यो बेलाको केटौले जोशमा म जस्ता सबैको पैसा तिरिदिन्छु भनेको थिएँ। त्यो त नसकिएला, तर जति सक्छु, त्यति भने तिर्छु। मलाई जे भयो, भविष्यमा अरूलाई नहोस्।’क्षितिजका बुबा पनि इञ्जिनियर हुन्। धापासीमा उनीहरूको घर थियो रे। सुरुआतमा राम्रै थियो। माओवादी द्व’न्द्वका’लमा बुबाको जागिर गयो, पछि घर, विस्तारै सबै कुरा। बालख क्षितिजलाई भने यो कुराको चालै थिएन। खेल्ने, कुद्ने र बदमासी नै जिन्दगी।

फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ ।उक्त भूकम्पको गहिराई १० किलोमिटर रहेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले भानुआटु, फिजी र न्यू क्यालेडोनियाको तटमा ज्वारभाटाको स्तरभन्दा ० दशमलब ३ मिटरभन्दा कम छालहरू आउन सक्ने चेतावनी जारी गरेको थियो ।

तर, केही समयपछि सेवाले सो जोखिम टरेको जनाएको थियो । भूकम्पबाट न्यु क्यालेडोनियामा कुनै क्षति नभएको एएफपीले जनाएको छ ।‘भूकम्पको स्थान, गहिराइ र म्याग्निच्युडलाई मनन गर्दा न्यु क्यालेडोनियामा सुनामीको कुनै जोखिम छैन’, अधिकारीहरूलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ ।भूकम्पसम्बन्धी थप विवरण संकलन भइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस