गायक बन्न चाहेका छोरालाई बुवाआमाले डाक्टर बनाउन खोज्दा, एकमात्र जवान छोराले गरे यस्तो निर्णय

चितवनको एउटा सम्पन्न परिवार थियो । बुवा चिकित्सक पेशामा थिए । ति परिवारका अभिभावकको छोराछोरीले पनि राम्रै ब्यवसाय गरुन भन्ने चाहना थियो । निर्मल भट्टराई चिकित्कस बन्न चाहन्नथे । उनलाई गायक बन्ने रहर थियो ।तर बुवा आमाले गायक भनेको कमाउने पेशा होइन कमाउनका लागि डाक्टर हुनुपर्छ भनेर उनको इच्छा वि परित एमविविएस भर्ना गरिदिए । उनी एमबिबिएसको दोस्रो स्तरमा पढ्दै थिए । तर उनी एकाएक हराए ।

हरेक वर्षको तिहारमा निर्मलको ठाउँ दिदी बहिनीले खाली राख्ने गरेका छन् । आफ्नो अंकलको छोरा सहित उनीहरुले तीन दाजुभाईलाई टिका लगाउने गरेका थिए ।अहिले निर्मल हराएपछि उनीहरुले त्यो ठाउँ खाली राखेका छन् । भरतपुर स्थित सरकारी अस्पतालमा कार्यरत निर्मलका बुवा कमल भट्टराई ल्याबमा काम गर्छन । उनले अहिले ३४ वर्ष स्वास्थ्य सेवामा काम गरे । आमा निरु भट्टराईको आखा छोरा हराए देखि ओभाएका छैनन् ।

उनीहरुले आफ्नो छोरालाई घर फर्कन आउ भन्दै आग्रह गरेका छन् । उनीहरुका छोरा निर्मल भरतपुरकै (नारायणपुर) सिएमसी चितवन मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा पढ्दै गरेका उनका छोरा २०७० सालमा हराएका हुन् ।

भरतपुर ९ मा पुगेर उनको मोवाइल अफ भएको अनुसन्धानवाट देखिएको छ । प्रहरीले उनी कहाँ हराए भनेर खोजी गरिरहेको छ तर केही पनि तथ्य र प्रमाण फेला परेका छैनन् ।एक छोरा र एक छोरीका अभिभावकहरु अहिले आफ्नो नौजवान छोरा हराउँदा उनीहरुका ७ वर्ष निकै पी डा दायी भएका छन् । मेरो पी डा भोग्नेलाई मात्र थाहा हुन्छ अरु कसैले कल्पना पनि गर्न सक्दैन, आमाले भनिन्, हामीले चिन्ता गर्दा पनि काउन्सिल गर्ने छोराले यस्तो कदम उठाउला भन्ने कल्पना पनि गरेका थिएनौं ।

प्रतिक्रिया दिनुहोस