प्युठानमा बसको ठक्करबाट बालकको मृत्यु

प्युठानको नौबहिनी गाउँपालिका–४ मा शुक्रबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टुकमान पुनका ८ वर्षीय छोरा सरोज रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो । लु १ ख ७०२१ नम्बरको बसले बाटोमा हिडीरहेका बालकलाई आज बिहान साढे ८ बजे ठक्कर दिएको हो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय बिजुवारले नियन्त्रणमा लिएको छ ।

याे पनि,आगलागीबाट एक करोड बराबरको क्षति
धनगढिमाई नगरपालिका–१० धनगढी बजार बस्ने रामबिलास साह सहित ४ जनाको घरमा आगलागी हुँदा एक करोड रुपैयाँभन्द बढीको क्षति भएको छ । मिटर सर्ट भई बिहीबार राति आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस