सलमानसंग विवाह गर्नकै लागि अमेरिकावाट भारत आएकी थिइन् सोमी

एजेन्सी,बलिउड अभिनेता सलमान खानको नाम बलिउडका धेरै नायीकासंग जोडिएको थियो । उनको एक प्रेमीका हुन् सोमी अलि । उनी सलमानसंग विवाह गर्नकै लागि अमेरिकावाट भारत आएकी थिइन् । उनले सलमानसंग केही फिल्ममा काम पनि गरिन् । उनले अहिले सलमानको सत्यता सार्वजनिक गरिदिने धम्की दिएकी छन् । त्यो चेतावनी पछि उनी अहिले बलिउडमा चर्चामा छन् । .

सलमानलाई धेरै महिलालाई दुख दिएको र यौ न शोषण गरेको संकेत उनले गरेकी छन् । त्यस्तै कसुरमा २३ वर्ष कैद सजाय सुनाइएका हलिउडका चर्चित निर्माता हार्वी विनस्टिनसंग उनले सलमानको तुलना गरेकी छन् । उनले यस्तो आरोप लगाएपछि. सोमी र उनीबीच कहिले प्रेम भएको थियो, कसरी टुट्यो ? जिज्ञासा लाग्न सक्छ।

ऐश्वर्याका कारण सलमान–सोमीको ब्रेकअप भयो
एक पुरानो अन्तर्वार्तामा सलमानसँगको आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै सोमीले भनेकी छन्, ‘सलमान मेरो पहिलो प्रेमी थिए। तर बीचमा ऐश्वर्या राय आइन् र हाम्रो सम्बन्ध टुट्यो। किशोरावस्थामा मलाई सलमानप्रति क्रस थियो। यो क्रसले मलाई फ्लोरिडाबाट भारत ल्यायो। मैले सलमानसँग बिहे गर्नकै लागि फिल्ममा काम थालेको थिएँ।’ सोमीका अनुसार १९९७ मा सलमान ‘हम दिल दे चुके सनम’को सेटमा ऐश्वर्या रायसँग नजिक भए र उनीसँग टाढिए।

सलमान–सोमीबीच ८ वर्ष प्रेम
सन् १९९१ देखि १९९७ को बीचमा सोमीले आन्ट,,किशन, अवतार, तीसरा कौन, आन्दोलन, अग्निचक्रजस्ता करिब करिब १० फिल्म र केही विज्ञापनमा काम गरिन्। भारतीय सञ्चारमाध्यमका अनुसार सोमीले सलमानलाई स्टुडिओमा भेटेकी थिइन्। सोमी सलमानसँग झन्डै ८ वर्षसम्म रिलेसनमा रहिन्। उनीहरूले फिल्म ‘बुलन्द’ मा सँगै काम गरेका थिए, जुन अहिलेसम्म रिलिज हुन सकेको छैन। फिल्मको ८० प्रतिशत छायांकन भएको छ।

प्रतिक्रिया दिनुहोस