आगामी निर्वाचनमा हामी विजयी भएनौं भने देश दुर्घटनामा जान सक्ने खतरा छ : प्रचण्ड

काठमाडौं १८ चैत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमाले विजयी भए देश अझै दुर्घटनामा पर्ने बताएका छन् ।

शुक्रबार काभ्रेमा आयोजित पार्टी प्रवेश गराउने कार्यक्रममा उनले ओलीको अहंकार’ अझैं पराजित नभएको भन्दै आउने चुनावमा ओली विजयी भए देश दुर्घटनामा जाने खतरा रहेको बताएका हुन् ।

यसका विरुद्ध आन्दोलन गरी आफुहरु विजयी भएपनि अझै पराजित भएका ओलीको अंहकार र घमण्ड नतोडिएको बताएका छन् । उनले भने, ‘हामीले त्यसका विरुद्धमा आन्दोलन गर्‍यौं । हामी विजयी भयौं, केपी ओली पराजित भए । तर, पराजित भए पनि उनको अझैं उनको अहंकार र घमण्ड तोडिएको छैन् ।’

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा माओवादी विजयी नभई प्रतिगामी, संविधान विरोधी शक्ति विजयी भए भने देश दुर्घटनामा जान सक्ने खतराको रहेको औंल्याएका छन् ।

महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, मेधशी,थारुलाई विशेष अधिकार दिएको संविधान ओलीबाट पटक–पटक खारेज गराउने दुस्साहास भएको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस