प्रधानमन्त्री देउवा बनारस पुगेर यसरी गरे पूजा (भिडियाेसहित)

काठमाडौं,भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी (बनारस) पुगेका छन्।बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए ।बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन् ।

आहुतीको पार्टीले चुनावमा भाग नलिने, भण्डारफोर अभियान चलाउने
विश्वभक्त दुलाल ‘आहुती’को नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । काठमाडौंमा शनिवार सम्पन्न प्रथम राष्ट्रिय भेलाले ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै निर्वाचन बहिस्कारको निर्णय गरेकाे हाे ।

‘यसै संसदीय व्यवस्था भित्रको निर्वाचनको औचित्य नरहेको निष्कर्ष पार्टीको छ,’ केन्द्रीय सदस्य जागृत रायमाझीले न्युज कारखानासँग भने, ‘यो संसदीय व्यवस्था भित्रको निर्वाचन किन औचित्यहीन छ भनेर हामी भण्डारफोर अभियान सञ्चालन गर्दै छौँ ।’उनका अनुसार सो भेलाले आहुतीलाई महासचिवमा चयनसमेत गरेको छ । २१ चैतमा बस्ने केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको सचिवालय गठनदेखि अन्य विषयमा निर्णय लिने जनाउँदै रायमाझीले केन्द्रीय कमिटीमा ४० प्रतिशत महिला प्रतिनिधित्व गराएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस