पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताए ।

एउटा अनौठो पहलस्वरुप विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए । प्रस्तावबारे आइतबार मतदान हुने कार्यतालिका थियो ।यसैबीच आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले राष्ट्रपति अरिफ अल्भीलाई संसद भंग गर्न सुझाव दिएको बताएका छन् ।

याे पनि,अष्ट्रेलियालाई सातौंपटक महिला विश्वकपको उपाधि
इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले सातौंपटक एकदिवसीय महिला विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियाले अपराजित रहँदै सन् २०२२ को उपाधि जित्न सफल भएको हो ।यसअघि उसले सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ उपाधि जितेको थियो । अष्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४२ ओभर चार बलमा सबै विकेट गुमाउँदै २८५ रनमा समेटियो । इंग्ल्यान्डकी नाट सेभरले सर्वाधिक १४८ रन बनाईन् ।

अष्ट्रेलियाकी अलाना किंग र जेस जेनसेनले सर्वाधिक तीन विकेट लिए । त्यसअघि न्युजिल्यान्डको क्राइस्ट चर्चमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धाारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३५६ रन बनाएको थियो । ओपनर हेलीले १७० रन बनाइन् । यस्तै राहेल हेन्सले ६८ रनको योगदान गरिन् । इंग्ल्यान्डका अन्या श्रुब्सोले सर्वाधिक तीन विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस