डा. यादव डेरा बसेको घरकै कम्पाउण्डभित्र मृत भेटिए, ह’त्याको संकेत, शंकास्पद ६ जना प्रहरीको नियन्त्रणमा

मोरङ ।विराटनगर महानगरपालिका ४ स्थित डेरा बसेको घरमा शनिबार विहान मृत फेला भेटिएका डाक्टर विजय यादवको ह’त्या भएको आशंका प्रहरीले गरेको छ । विराटनगरस्थित नोवेल अस्पतालमा कार्यरत चिकित्सक यादव शनिबार बिहान डेरा बसेको घरकै कम्पाउण्डभित्र मृ’त भेटिएका थिए ।

२८ वर्षीय चिकित्सक यादव सप्तरीको राजविराजका स्थायी बासिन्दा थिए । केही वर्षदेखि उनी विराटनगरमा बसेर नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत थिए । यादवको ह’त्या भएको हो कि हैन प्रहरीले आधिकारिकरुपमा खुलाइसकेको छैन ।

आफन्तले डा. यादवको ह’त्या भएको आशंका गरेपछि प्रहरीले शंकास्पद ६ जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । मृतकका आफन्तले शनिबार दिउँसो केहीबेर नोबेल शिक्षण अस्पताल अगाडि नजिक टायर बालेर प्रदर्शन समेत गरेका थिए ।

नाक र मुखबाट र’ग’त ब’गेको तथा शरीरका अन्य भागमा चो’ट ला’गेको अवस्थामा शव भेटिएको थियो। घोप्टो परेको शव भेटिँदा दाहिने खुट्टा खाली थियो। देब्रे खुट्टामा मात्रै जुत्ता थियो । शव नजिक महिलाले लगाउने जुत्ता र लाइटर भेटियो। शव फेला परेको स्थानबाट वरपर आ’लो र’ग’त पनि भेटिएको प्रहरीले जानकारी दिएका छन ।

घरबाट हा’म फा’ले’को भए शरीरका अं’ग क्ष’तवि’क्षत हुने थिए। नाक, मुख र शरीरका केही भागमा चो’टप’टक मात्रै छ। प्राप्त केही प्रमाणले ह’त्याको संकेत गरे पनि पुष्टि हुन बाँकी रहेको प्रहरी स्रोतको भनाइ छ। शव पो’स्टमा’र्टमका लागि कोसी अस्पताल लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको उनको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस