प्रेमिकाले प्रेमीको अगाडि लाज मान्दा, पुगिन् भर्ना हुन अस्पताल

एजेन्सी । आयरल्याण्डमा बस्दै आएकी एक युवतीले आफ्नो प्रेमीको अगाडि लाज मानेर अपान वायू (पाद) रोकेर बस्दा अस्पताल भर्ना हुन परेको खुलासा गरेकी छिन् ।बेलायती पत्रिका ‘द सन’ का अनुसार ती युवतीले हाल यो घटनालाई आफ्नो टिकटक अकाउन्ट काजा किड मार्फत सेयर गरेकी हुन् । उनको यो भिडियोलाई २० लाख भन्दा बढी मानिसले हेरेका छन् ।

यस भिडियोमा उनले भनेकी छिन् कि उनी सधै आफ्नो प्रेमीसँग भेट्दा शरीरको ग्याँसलाई रोकेर राख्ने गर्थिन् । जसका कारण उनको पेटमा समस्या बढ्न थाल्यो । पछि समस्या यती धेरै बढ्योकि उनको शल्यक्रिया समेत गर्नुपर्‍यो ।

सधै सँगै रहने प्रेमीका अगाडि लाज मानेर लामो समयसम्म शरीरको ग्याँसलाई रोकेका कारण युवतीमा यस्तो समस्या आएको उनले बताएकी छिन् । अस्पतालबाट उनले आफ्नो तस्वीर पनि सेयर गरेकी छिन् । जसमा उनले आफ्नो एपेन्डिक्समा ग्याँसका कारण समस्या भएको बताइन् ।

यद्यपि थुप्रै अनुसन्धानले ग्याँसलाई रोकेर राख्दा दीर्घकालिन हानी हुन सक्ने बताएका छन् । त्यस्तै हेल्थलाइनको रिर्पोटका अनुसार शरीरको ग्याँसलाई रोकेर राख्दा समस्याहरू निम्तिने हुन्छ । त्यसैले गर्दा यसलाई बाहिर निकालेकै राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस