घरमा ग्यास सिलिन्डर विस्फोट भइ आगलागी हुँदा ३ बालबालिकाको मृ’त्यु.

सिन्धुपाल्चोक, खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।बाह्रबिसे नगरपालिका– ८, मानेश्वारामा स्थानीय मिनबहादुर तामाङको घरमा ग्यास विस्फोट भएको हो । विस्फोटलगत्तै आगलागी हुँदा घरभित्र रहेका तीन बालबालिकाको जलेर मृत्यु भएको जनाइएको छ ।

आइतबार साँझ ७ बजेतिर ग्यास विस्फोट भएर घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा परेर मिनबहादुरका १० वर्षीय इशाक तामाङ, कुमार तामाङका ६ वर्षीय छोरा सरगम तामाङ र छिमेकी पदम तामाङकी साढे २ वर्षीया छोरी दिव्या तामाङको जलेर मृत्यु प्रहरीको भनाइ छ ।आगोमा परी मिनबहादुर पनि घाइते भएका छन् । हाल उनको उपचार भइरहेको जनाइएको छ ।

याे पनि,स्याङ्जामा पुल भत्किँदा ८ जना घाइते, २ काे अवस्था गम्भीर
स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाकाे अवस्था गम्भीर छ ।चापाकोट नगरपालिका- ८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेकाे र उक्त सामानसहित पुलकाे केही भाग झरेर कामदारलाई लागेकाे हाे ।

स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुकाे पाल्पामा उपचार भइरहेकाे छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस