‘केपि बा’ ले क्यारमबोर्डमा गोटी छिराएपछि छोराहरुको वाहिवाही, भिडियो बन्यो भाइरल

‘केपि बा’ ले क्यारमबोर्डमा गोटी छिराएपछि छोराहरुको वाहिवाही गरेकाे भिडियो भाइरल बनेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिमा जस्तै क्यारमबोर्डमा पनि एकातिरको गोटीलाई अर्कातिरको प्वालमा खसाल्न च्याम्पियन देखिनुभएको छ ।सामाजिक सञ्जालमा उहाँले क्यारमबोर्ड खेल्दै गरेको यौटा भिडियो भर्खर सार्वजनिक भएको छ जसमा लगातार गोटीलाई जुनसुकै प्वालमा छिराएपछि नजिकै रहेकाहरुले ‘वाह !’भनेको सुनिन्छ ।

सामाजिक सञ्जालमा उहाँले क्यारमबोर्ड खेल्दै गरेको यौटा भिडियो भर्खर सार्वजनिक भएको छ जसमा लगातार गोटीलाई जुनसुकै प्वालमा छिराएपछि नजिकै रहेकाहरुले ‘वाह !’भनेको सुनिन्छ ।

उहाँले क्यारमबोर्डमा गोटीलाई हिर्काउँदा र छिराउँदा प्रोफेसनल क्यामराम्यानले फोटोसमेत खिचेको देखिन्छ । उहाँले बायाँतर्फ रहेको रातो गोटीलाई दायाँतर्फ माथितिर रहेको प्वालमा छिराउनुभयो । त्यसपछि सेतो गोटीलाई कट रिटर्न स्ट्रोक हानेर अर्कै कुनामा खसाल्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस